युवा संघ नेपालको राहत दलित वर्गलाई

युवा सँघ नेपालले राहत वितरण गरेको छ । कलैया उपमहानगरपालिका वडा नम्वर १४ भवरा टोलका दलित वर्गलाई राहत वितरण गरेको हो ।
देशमा कोरोनाको दोश्रो भेरियन्टसँगै लकडाउनको अवस्थामा दैनिक ज्यालादारी गरि खाने अति विपन्न दलित परिवारलाई लक्षित गरि खाद्धयन वितरण गरिएको युवा सँघ नेपालको नगर कमिटि अध्यक्ष हरिओम गुप्ताले जानकारी गराएका छन् ।

वर्तमान सरकार लकडाउन लगाई कुर्सीको खेलमा लागि परेको उनले आरोप लगाएका छन् । जनताको भोटमा अलिसान भोग गर्दै आएका नेताहरुले गरिव असाहयको पिडा नबुझिदिदा आफुहरु सक्रिय भएर सानो प्रयास गरेको गुप्ता बताउछन ।

भवराका अतिविपिन्न ५४ घर परिवारलाई १५ किलोको दरले चामल वितरण गरिएको युवा सँघले जनाएको छ । साथै जनचेतनाको कमि भएकोले मास्क लगाउने जनचेतना फैलाई मास्क लगाउने बानी बसाल्न मास्क समेत वितरण गरिएको थियो ।

जितेन्द्र साहले सञ्चालन गरेको राहत कार्यक्रममा प्रमुख अतिथि बिसुन प्रसाद यादव , अतिथिमा नेकपा एमाले जिल्ला कमिटी सदस्य ध्रुव यादव, बिक्रम ठाकुर, युवा सँघ नेपाल बाराको अध्यक्ष राम यादब, कोषाध्यक्ष अरिफ अँसारी, कलैया नगरकमिटी सदस्य मनोज जैसवाल लगायतको सहभागिता रहेको थियो ।