माधव पक्षका नेताद्वारा आयोगमा नयाँ दल दर्ता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेभित्र आन्तरिक द्वन्द र फरक पार्टी दर्ताको चर्चा चलिरहेको बेला नेता जीवन राईले निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) नामक पार्टी दर्ता गराएका छन् ।

एमाले माधवकुमार नेपालनिकट रहेका नेता राईले आफु अध्यक्ष रहेको २५ सदस्यीय कार्यसमिति सदस्य रहेको पार्टी दर्ता गरेको आयोगले जनाएको छ।

पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) रहेको बताउंदै नेता राईले भने ‘नेपाल कम्युनिष्ट पार्टी एकीकृत पार्टीको नाम हो । कलम चुनाव चिन्ह छानेको छु’।

२५ सदस्यीय राईको पार्टीमा उपाध्यक्ष कल्पना गुरुङ, महासचिव विनोद खुलाल, सचिव ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल रहेका छन् ।

एमाले फुटको संघारमा पुगेका बेला नयाँ पार्टी खोलेको चर्चाले अर्थपूर्ण रुपमा हेरिएको छ। नेकपा एमाले माधव नेपाल समूहका एक नेताका अनुसार यस अघि नै दल दर्ता भइसकेको र औपचारिक रुपमा बाहिर आउन मात्र बाँकी रहेको हो।

पूर्वप्रधानमन्त्री खनाल अक्सिजनको सपोर्टमा, थप उपचार जारी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्वस्थ भई नर्भिक अस्पतालमा भर्ना भएसँगै अक्सिजनको सपोर्टमा राखेर उपचार भइरहेको छ । अस्पतालले

कोरोनाबाट पूर्वसांसद यादवको निधन

पूर्वसांसद एवम् नेकपा एमालेका नेता योग नारायण यादवको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । धनुषाको सबैला नगरपालिका १ का यादवको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको

हामी एमाले हुनै सक्दैनौं : कुन्दन कुशवाहा

निवर्तमान प्रदेश सांसद कुन्दन कुशवाहाले आफू नेपाल कम्युनिष्ट पार्टी (एमाले) नभएको बताएका छन् । आज संचारकर्मीहरुसंग कुरा गर्दै निवर्तमान प्रदेससभा सदस्य कुशवाहाले पार्टी एकताबाट अग्रगमनको

बहुमत सदस्यहरुको हस्ताक्षरसहित प्रचण्ड-नेपाल समूह निर्वाचन आयोगमा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूह बहुमत केन्द्रीय सदस्यहरुको हस्ताक्षरसहित निर्वाचन आयोगमा पुगेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहका नेताहरु