अखिल क्रान्तिकारीले आयोजना गरेको रक्तदान कार्यक्रममा २६ जनाले गरे रक्तदान

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकटको अखिल (क्रान्तिकारी) ले आज आयोजना गरेको रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्वास्थ्य मापदण्ड पुरा गरेर रक्तदान कार्यक्रम गरिएको छ । बढदो कोरोना संक्रमणको महामारीका बीचमा आवश्यक रगतको आपुर्तीमा कमी नहोस् भन्ने उदेश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको अखिलका उपमहासचिव एवं प्रवक्ता जीपी मैनालीले बताए ।

अखिलको केन्द्रीय कमिटीका विद्यार्थी स्वयंसेवक विभागको आयोजना रक्तदानको आयोजना भएको हो । अखिल नेता एवं विद्यार्थी स्वयंसेवक बिभागका संयोजक संजय काल्धनले महामारीका बीचमा संगठनबाट सहयोग गर्नका लागि रक्तदानको आयोजना गरिएको बताए ।
काल्धन सहित अखिलका अध्यक्ष रन्जित तामाङ, उपाध्यक्ष इन्द्र भुषाल, कोषाध्यक्ष केशव रावल अखिलका पुर्व अध्यक्ष रमेश मल्ल सहित २६ जनाले रक्तदान गरेका छन् ।

कोरोना महामारीका बीचमा अखिलले दुर्लभ शाहीको संयोजकत्वमा ६१ जना चिकित्सक र स्वास्थ्यकर्मी सहितको हेल्प डेस्क सातवटै प्रदेशमा यस अघि नै सार्वजनिक गर्दै परिचालन गरेको प्रवक्ता मैनालीले बताए ।

तत्काल राजीनामा दिन ७ मन्त्रीहरुलाई माओवादी केन्द्रको पत्रसहितको निर्देशन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले आफ्नो पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएको छ। पार्टी कार्यालयका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पार्टीले आफ्नो

न्यायालय माथि दबाब दिनेहरू लोकतन्त्रवादी हुनै सक्दैनन् : प्रभु साह

नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् शहरी विकास मन्त्री प्रभु साहले न्यायालयमाथि दबाब दिनेहरू लोकतन्त्रवादी हुन नसक्ने बताएका छन् । आइतबार रौतहटको गुजरा नगरपालिका-९, सिम्रा भवानीपुरमा

संसद विघटनलाई असंवैधानिक भन्नेहरु देश विरोधी : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनलाई असंवैधानिक भन्नेहरु देशविरोधी भएको बताएका छन् । आइतबार अपांगता भएका व्यक्तिहरुको समस्या र सवालमा अपांगतासँग सम्बन्धित विभिन्न संघसंगठनहरुले प्रधानमन्त्रीसँग

प्रचण्ड भन्छन्– देउवालाई प्रधानमन्त्री स्वीकार्न तयार छु

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रधानमन्त्रीको रुपमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने बताएका छन् । संविधान बचाउने, प्रणाली बचाउने र