कलैया उपमहानगरपालिका : नाबालकहरूको हत्यामा संलग्न एक जना पक्राउ

कलैया उपमहानगरपालिका वडा नम्बर ७ रंगपुर निवासी अब्दुल गफार अन्सारीको छोरा ७ वर्षीय उशमान अन्सारी र ९ वर्षीय अमान अन्सारीको हत्यारा लाई बारा प्रहरी ले पक्राउ गरेको छ ।

जेठ ४ गते दाजु इको घाँटी रेटेर हत्या गरेको अवस्थामा सोही वाड मा रहेको मदर्शा सल्फिया कन्जुल उलुममा शव फेला परेको थियो ।

बारा प्रहरी ले हत्यारा लाई ५ दिनमा पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्ने मा कलैया उपमहानगरपालिका वडा नम्बर ७ निवासी २५ वर्षीय फरमुल्लाह अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय बारा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताएका छन् ।

प्रहरीको अनुसन्धानमा हत्या भएको मुख्य कारण फरमुल्लाह अन्सारीको एकहोरो प्रेम रहेको, आर्थिक लेनदेन र दाजु भाइको कारण मृतक को आमा र फरमुल्लाह बिचको घनिष्ट सम्बन्ध बाहिरिने डर रहेको खुलेको छ ।

दाजुभाइको बुवा बिदेशबाट पठाउने ऋण पचाउने उदेश्यले हत्या गरिएको प्रहरीको अनुसन्धान मा खुलेको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताएका छन् ।

मृतक को घर मा ६ जना रहेका थिए । दुई दाजु भाइ , एक दिदी , एक बहिनी , आमा बुवा रहेका छन । मृतक का बुवा रोजगारी को लागी बिदेश रहेका छन् ।

मृतक दाजुभाइको आमासँग अभियुक्तले आर्थिक कारोबार समेत गरेको अनुसन्धानमा खुलेको छ । अभियुक्तले र मृतकहरूको आमासँग लिएको ऋणको रकम समेत हाल सम्म फिर्ता नगरेको , घटना वारदातको दिन मृतकहरूको आमाको माईतीमा भाइ नाता पर्ने व्यक्तिको मृत्यु भएको हुँदा दाहसंस्कार कार्यमा सरिक हुन मृतहरूको आमा माइती तर्फ गएकी र घरमा बच्चाहरू मात्र भएको मौका छोपी अभियुक्तले साँझ पख बच्चाहरूलाई लोभ लालचमा पारी एकान्त स्थलमा बोलाई हत्या गरी छाडेको अनुसन्धान मा खुलिएको प्रहरी नायब उपरीक्षक मिश्रले बताए ।

बारा प्रहरीद्वारा लागूऔषध सहित दुईजना पक्राउ

बारामा प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौँ बस्ने २० वर्षीय शारुख अन्सारी र वडा

लागू औषध गाजा सहित बारा प्रहरिद्वारा तिनजना पक्राउ

लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंजमा प्राप्त विशेष सूचनाको आधारमा आज दिउँसो लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंज र जिल्ला प्रहरी कार्यालय बाराबाट

नेपाल खेलकुद महासंघद्वारा बारा प्रहरीलाई स्वास्थ्य समाग्री बितरण

नेपाल खेलकुद महासंघको केन्द्रिय कमिटीले शुक्रबार जिल्ला प्रहरी कार्यालय बारालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । महासंघको केन्द्रिय कार्यक्रम ‘कोभिड, नो भिड’ भन्ने मूल नाराका

मास्क खै ” अभियान अन्तर्गत जिल्ला प्रहरी बारा द्धारा मास्क वितरण

कोरोना कोभिड बाट बच्न समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत संचालित ” तपाईको मास्क खै ” अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय बाराले मास्क नलगाएको सर्वसाधरणलाई मास्क वितरण