वेबसाईट बनाउन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस् ।

करेन्ट लागेर एक महिलाको मृत्यु

जिल्लाको रुपनीमा करेन्ट लागेर शुक्रबार राति एक जना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुपनी गाउँपालिका वडा नम्वर ३ हर्दिका गाउँका संतोष यादवको २४ वर्षीया श्रीमति अमृता देवी यादव रहेका छन् ।

उनी आफ्नै घरमा जडान रहेको टिभीको स्वीच अन गर्ने क्रममा करेन्ट लाग्दा उनी घाइते भएका थिए ।

करेन्ट लागेर गम्भीर घाइते भएका अमृतालाई उपचारको लागि रुपनी स्थित यूनिक अस्पताल लैजाँदै गरेको अवस्थामा उनको बाटोमा नै मृत्यु भएको सप्तरीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताए ।