वेबसाईट बनाउन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस् ।

कोरोनाबाट पूर्वसांसद यादवको निधन

पूर्वसांसद एवम् नेकपा एमालेका नेता योग नारायण यादवको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ ।

धनुषाको सबैला नगरपालिका १ का यादवको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा बुधबार राति निधन भएको हो ।

यादव २०५६ सालमा सांसदमा निर्वाचित भएका थिए । उनको दुवै मिर्गौला समेत खराब भएको थियो । उनी मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका थिए ।