बालक हत्या प्रकरण: हत्याको सत्यतथ्य छानविन गरी कारवाहीको लागि अपिल

बाराको कलैया उपमहानगरपालिका वडा नं.७ रंगपुर टोलका ९ वर्षिय अमिन अंसारी र ७ वर्षिय उसमान अंसारीको अज्ञात समुहबाट घाँटी रेटी हत्या भएको घटना प्रती बाल अधिकारको सवालमा काम गर्ने संरक्षण नेपाल भन्ने संस्थाको समेत गम्भिर ध्यानाकर्षण भएको छ ।

उपमहानगरपालिकाकाे रंगपुर निवासी अब्दुल गफार अंसारीका ती छोराहरु सोमवार साँझ घरबाट खेल्न जाँदा राती १० बजे सम्म पनि घरमा नफर्किदा खोजतलासको लागि जिल्ला प्रहरी कार्यालयलाई परिवारजनले जानकारी गराईएको र स्थलगत अनुगन गर्न जाँदा बाल हेल्पलाइन १०९८ बाराका प्रतिनिधिहरुलाई पनि जानकारी गराएका थिए ।

मंगलवार बिहान ७ः३० काे समयमा ती बालकहरुको घाँटी रेटेर बिभत्स हत्या गरिएकाे अवस्थामा रंगपुर स्थित मार्दशामा शवफेला परेकोले आपराधीको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाइएको छ ।

संस्थाका अध्यक्ष बृजमोहन कुशवाहाद्वारा जारी गरिएको प्रेस विज्ञाप्ती अनुसार नेपालको कानुनले बालबालिकाहरुको संरक्षण तथा सुरक्षा जस्ता अधिकारका न्यूनतम विषयलाई उच्च प्रार्थमिकतामा राखेको छ ।

बालबालिका सम्बन्धि ऐन , २०७५ र बालअधिकार सम्बन्धि महासन्धी सन् १९८९ अनुसार बाल बालिकाहरुको संरक्षण गर्नु राज्यको दायित्व रहेको उल्लेख गरिएको छ ।

बालबालिकाहरुलाई कुँनै पनि बहानामा यातना दिने तथा ज्यान मार्नेे कार्य निन्दनीय तथा बालअधिकार विरुद्धको कार्य भएकाे अपिलमा जनाईएकाे छ ।

अज्ञात ब्यक्ति वा समुहबाट हत्या गरिएको घटनाको विषयमा बारा प्रहरीले सुक्ष्म अनुसन्धान गरी पिडकलाई कानुनी अनुसारको कारवाहीको अविलम्ब व्यवस्था गर्न सम्बन्धित पक्षसँग संरक्षण नेपालले जोडदार माँग गरेको छ ।

वीरगञ्जमा उपचारको क्रममा बारा, रौतहट र सर्लाहीका ३ कोरोना सङ्क्रमितको मृत्यु

वीरगञ्जमा आइतबार कोरोनाभाइरस सङ्क्रमणका कारण ३ जनाले ज्यान गुमाएका छन् । यहाँस्थित नारायणी अस्पतालमा उपचार गराई रहेका बारा, रौतहट र सर्लाहीका १/१ जना गरी ३

बारा प्रहरीद्वारा लागूऔषध सहित दुईजना पक्राउ

बारामा प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौँ बस्ने २० वर्षीय शारुख अन्सारी र वडा

बारामा असार ६ गतेसम्म निषेधाज्ञा थपियो, ११ बजेसम्म पसल खोल्न पाइने

बारा जिल्लामा पनि प्रशासनले निषेधाज्ञालाई खुकुलो बनाउँदै थप्ने निर्णय गरेको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकले निषेधाज्ञालाई खुकुलो बनाउँदै लम्ब्याउने निर्णय

कोरोनाको उच्च जोखिममा निजगढ, अहिलेसम्म २५ जनाको मृत्यु

बाराको निजगढ नगरपालिका कोरोनाको उच्च जोखिममा रहेको पाईएको छ । निजगढमा गरिएको कोरोना परिक्षणमा ८० प्रतिशतमा कोरोना देखिए सँगै उच्च जोखिममा रहेको देखिएको हो ।