वेबसाईट बनाउन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस् ।

दुई जना बालकको हत्यामा संग्लगन शंकास्पद एक जना पक्राउ

बारामा दुई जना अवोध बालकलाई घाटी रेटी हत्या गरेको आरोपमा एक जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

तालिम प्राप्त कुकुरको सहयोगले एक जना शंकास्पद स्थानिय २६ वर्षिय युवकलाई नियन्त्रमा लिएका जिल्ला प्रहरी कार्यलय बाराका प्रहरी नायव उपरिक्षक गौतम मिश्रले जानकारी दिएका छन् । निजलाई पक्राउ गरि अनुसन्धान कार्य अगाडि बढाएको उनले बताए । पक्राउ परेका युवकको माध्यमले नै अपराधको छिनोफानो समेत हुन मिश्रले जानकारी गराए ।

सोमवार राति कलैया उपमहानगरपालिका वडा नम्बर ७ रंगपुर निवासी दुई जना बालकको घाँटी रेटिएको अवस्थामा शव मंगलवार फेला परेको थियो ।

स्थानीयहरु को अनुसार ऊनीहरुको शव आज बिहान निर्माणधिन मदर्शामा भेटिएको हो । निर्माण्धिन मदर्शामा काम गर्न आएका कामदारहरुले बालकहरुलाई रक्तमय अवस्थामा देखेपछि स्थानियलाई खवर गरेका थिए ।

हल्ला भएपछि पुरै गाउमा रुवावाशी भए पछि स्थानियले शव देखेर प्रहरीलाई खवर गरे पछि घटनास्थलमा प्रहरी आई अनुसन्धान सुरु गरेको छ । मृतकलाई हेरेपछि स्थानियले अब्दुल गफारको छोरा ७ वर्षिय अमन अंसारी र ९ वर्षिय उशमान अंसारी रहेको बताए पछि गाउमा हल्लाखल्ली मचेको थियो ।

हिजो साझ घरबाट खेल्न निस्केका दुइ जना अवोध बालक अवेर राती सम्म घर नर्फिकदा अभिभावकले गाउभरि माईकिङ्ग समेत गराएको स्थानिय बताउछन । मृतक दुई दाजु भाईको खोजविन अभिभावकहरुले रातभरि गरेका थिए । भोली विहान प्रहरीमा खवर गर्ने छौ, भनेर सोचेकै थियो कि विहान एक्कासी यस्तो दुखद खवरले आत्म नै रोएको मृतकका हजुरबुवा मोवारक असारीले रुदै बताए ।

घटनास्थलमा जनकपुरबाट तालिम प्राप्त कुकुरलाई समेत परिचालन गरि अनुसन्धान प्रक्रिया अगाडि बढाएका थिए । घटनास्थल भन्दा ७ किलोमिटर वरिपरिका ठाउँहरुलाई पुर्ण रुपमा शिल समेत गरेको मिश्रले बताए । खुल्ला बोर्डर भएको कारण अपराधी उम्कन नसकोस भनेर सादा पोसाकमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको प्रहरी नायव उपरिक्षकले जानकारी गराए ।

मुचुल्का लिएर दुई जना बालकको शव जिल्ला अस्पताल कलैयामा पोस्टमार्टमको लागि पठाईएको र थप विवरण आउन बाकी रहेको मिश्रले जानकारी गराएका छन् ।

रोजगारीको सिलसिलमा मृतक बालकको बाबु गफार चार वर्ष देखि कतारमा कार्यरत रहेको उनका बुवा अंसारी बताउछन् । घरमा गफारको श्रीमती उनका करिव ६० वर्षिय बुवा दुई छोरा र दुई छोरी हाँसीखुशी बस्दै आएका थिए ।

ताजा अपडेट
लोकप्रिय