अराजक वडा अध्यक्ष: संक्रमित भएर गाउँघर डुल्दै !

तपाईको गाँउ टोलमा कोरोना भाइरस संक्रमण भएको व्यक्ति हिँडडुल गरे प्रहरी वा जनप्रतिनिधिलाई खबर गर्नु हुन्छ होला हैन ? तर, बाराको निजगढ नगरपालिका वडा नम्बर १० का संक्रमित जनप्रतिनिधि नैं बेकारमा गाउँघर डुल्दै हिँडे पछि स्थानीय आतंकित बनेका छन् ।

त्यहाँका वडा अध्यक्ष पदम बहादुर मोक्तान कोरोना संक्रमण पुष्टि भए पनि व्यक्तिगत कामले गाउँ डुलिरहेको पाइएको छ । बिहान बिहान दुध बेच्न पनि आँफै डेरी पुग्छन् । त्यहाँ उनी संक्रमण भएको बारेमा सोध्दा टाईफाइड भएर निको भईसकेको बताएको स्थानीय बताउछन् ।

त्यस पछि उनी चिया पसल पुग्छन् । चिया खान जम्मा भएर बसेका स्थानीयको बिचमा पुग्छन् । चिया मँगाएर खाएर हिड्छन् । कोरोना बारेमा सोध्दा आफुलाई ठिक भईसकेको बताउछन् ।

वडा अध्यक्ष मोक्तान लक्षणसहिँतको कोरोना संक्रमित हुन् । उनी बिरामी भएर औषधी समेत सेवन गरेका थिए । उनको निजगढमा शुक्रबार गरिएको स्वाव परिक्षणमा कोरोना पोजेटिभ रिर्पोट आएको निजगढ नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत मणिश्वर घिमिरे जानकारी गराए ।

वडा अध्यक्षको अराजक शैलीले स्थानीयवासी त्रसिद भएका छन् । कोरोना मुक्त नहुँदै पसलमा गएर चिया मगाएर खाएको स्थानीय माया लिम्बुले बताईन् । उनले कोरोना संक्रमण भएको व्यक्ति गाउमा अनावश्यक काममा डुल्दा गाउँमा त्रास फैलिएको बताईन् ।

सोहि वडाका सदस्य जमान सिंह घलानले कोरोना संक्रमित भएको व्यक्ति गाउँमा हिड्दा गाउँमा त्रास फैलिएकाले घर मैं बस्नु पर्ने बताउछन् ।

नेकपा (माओवादी केन्द्र) का नेता कुमार मुक्तानले कोरोना संक्रमित वडा अध्यक्ष नैं लापरवाही गर्दा अचम्म लागेको बताए । उनले नगरपालिकाका मेयर सुरेश कुमार खनाल र स्वास्थ्य संयोजक रमेश लामालाई जानकारी गराउँदा समेत कुनै वास्ता नगरेको बताए ।

जिल्लामा ९ जना महिला र ३६ जना पुरुष गरि ४५ जना संक्रमितहरुले ज्यान गुमाईसकेका छन् । भने ९७७ जना संक्रिय संक्रमितहरु रहेका छन् ।

महिला प्रजनन स्वास्थ्य सचेतना गराउंदै निजगढ नगरपालिका

निजगढ नगरपालिकाले महिलाहरुकोलागी प्रजनन स्वास्थ्य प्रवर्द्धन सम्बन्धमा जनस्तरमा सचेतना गराईरहेकोछ । निजगढका मेयर सुरेश कुमार खनाल सहितको टोलिले नगरका विभिन्न क्षेत्रमा पुगेर महिला प्रजनन स्वास्थ्य

पुर्व–पश्चिम रेलमार्गको निमार्णको लागि बस्ति विस्थापित हुन्न : मेयर खनाल

पुर्व पश्चिम रेलमार्ग निमार्णको लागि बस्ती विस्थापित हुन नदिने निजगढ नगरपालिकाका नगरप्रमुख सुरेश कुमार खनालले बताएका छन् । बाराको निजगढ सडक खण्डमा रेल्वे ट्रयाक निर्माणको