वेबसाईट बनाउन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस् ।

मधेश सेवा आश्रममा आईसोलेसन

स्थानिय तहको सहयोगमा मधेश सेवा आश्रममा आईसोलेसन निर्माण हुने भएको छ । बाराको प्रसौनी गाउपालिका वडा नम्वर ३ मा निमार्ण भएको मधेश सेवा आश्रममा प्रसौनी गाउपालिकाको लगानीमा आईसोलेसन निमार्ण हुने भएको छ ।

आश्रममा शनिवार प्रसौनी गाउपालिका अध्यक्ष भोला गुप्ता, परवानीपुर गाउपालिका अध्यक्ष हरिनरायण साह र फेटा गाउपालिका अध्यक्ष अमिरिलाल प्रसादले अनुगमन गरेका हुन । निमार्णधिन भवन आईसोलेसन बनाउन सरोकारवालासँग स्थलगत छलफल गरिएको थियो ।

तिनै स्थानिय तहको मुटुमा रहेको मधेश सेवा आश्रममा आईसोलेसन निमार्ण गर्दा पिडाको घडिमा जनतालाई राहत हुने प्रसौनी गाउपालिका अध्यक्ष भोला गुप्ताले जानकारी गराएका छन् । चाडै अति आवश्यक उपकरणको व्यवस्था गरि आइसोलेसन सुरु गरिने उनले बताए ।

भवन आईसोलेसनको दृष्टिकोणले ठिक रहेको स्वास्थ्य प्रमुख सुरेश कुमार साह बताउछन । भेण्टिलेटर, अक्सिजन लगायतका उपकरण राखेर सेवा दिन सकियो भने अनाहकमा स्थानिय विरगज लगायतका ठाउमा गएर दुख भोग्ने समास्याको अन्त्य गर्न सकिने साहले बताए ।

भौतिक पुर्वाधार बिकास मन्त्री माननीय जितेन्द्र सोनलको सहयोगमा निमार्ण भएको मधेश सेवा आश्रमको अनुगमन प्रसौनी गाउपालिका अध्यक्ष भोला गुप्ता, परवानीपुर गाउपालिका अध्यक्ष हरिनरायण साह, फेटा गाउपालिका अध्यक्ष अमिरिलाल प्रसाद, ईलाका प्रहरी कार्यालय प्रमुख विन्देश्वरी यादव, वडाध्यक्ष बैजु गुप्ता, स्वास्थ्य संयोजक सुरेश कुमार साह लगायतको सहभागिता रहेको थियो ।