कोरोना भाईरसको महामारीमा बाराका डाक्टर काठमान्डौमा निशुल्क परार्मश दिदै

कोरोना भाईरसले देश नै अक्रान्त बन्दै गएको अवस्थामा मानवता नै हराएको पाईन्छ । यस्तो अवस्थामा बाराका एक जना युवा डाक्टर काठमान्डौमा निशुल्क परार्मश दिदै आएका छन् ।

महागढिमाई नगरपालिका वडा नं २ घर भई बिगत २ बर्ष देखी काठमाण्डौको पिप्लस लाईफ केयर हस्पिटल र शंखरापुर हस्पिटलमा काम गारि अनुभव हासिल गरेका डा.यादव हाल अनलाईन हार्ट अफ होप ईन होम डट विजनेस साईटको माध्यमले जनताको सेवा दिईरहेका छन् ।
डा यादव बिगत केहि दिन देखी कोभिडको महामारीमा काठमाण्डौको शंखरापुर हस्पिटलको कोभिड वार्डमा बसि कोरोना संक्रमित व्यक्तिलाई सेवा प्रदान गर्दै आई रहेको छन ।

आपनो जन्मस्थान महागढ़ीमाई नगरपालिका र कार्यस्थान शंखरापुर नगरपालिकाको नगरबासी लाई २४ घण्टा टेलिमेडिसिन सेवा पनि दिइ रहेको उनले जानकारी गराएका छन् । डा.यादव संग सम्पर्क गर्दा वहाले कुनै समस्या भएको बिरारी लाई २४ घण्टा अनलाइन मार्फत वा सिधै मोवाईल मार्फत परार्मश दिन तथा सहयोग गर्न प्रतिबद्धता गरेका छन् ।

यस्तो विषम परिस्थीतिमा स्वास्थ्यमा कुनै पनि समस्या भएमा वा कोभिड सम्बन्धित लक्षण देखा परेमा परामर्श लिनका लागि कोभिड सम्बन्धि अनुभवी डा. यादव संग सिधै २४ घण्टा ९८४३०२७३३५ नम्बरमा सम्र्पक गर्न सकिने उनले बताए ।