स्थानिय तह प्रमुख आफुले चढेको गाडि दिने होडबाजी

जिल्लाका स्थानिय तहहरु आफुले चढेको गाडि एम्बुलेन्स बनाउने घोषणा गर्ने होडबाजी नै चलेको देखिन्छ । तर कुनै पनि स्थानिय निकायले जिल्लामा संक्रमितहरुको लागि बनेको आईसियु सञ्चालनमा ध्यान दिएको पाईदैन ।

जिल्लाको १६ स्थानिय तह मध्ये पाँच वटा स्थानिय तह प्रमुखले आफुले चढेको गाडि एम्बुलेनस बनाउने घोषणा गरेका छन् । स्थानिय तहले चढेको लाखौ पर्ने गाडि एम्बुलेन्स बनाउनुको सटा नयाँ एम्बुलेन्स खरिद गर्दा स्थानिय तहको दिगोपनको समस्या समाधान हुने विज्ञहरु बताउछन ।

स्थानिय प्रमुखरु चढदै आएको गाडि अहिले थोत्रो अवस्थामा रहेको छ । किनकि मेयरहरुले आफुले चढेको गाडि एम्बुलेन्स बनाउने र विकासको बजेटबाट पुन आफनो लागि नया गाडि खरिद गर्ने नै छन् ।

कुनै पनि स्थानिय तहले जनताको लागि चाहिने अति आवश्यक भ्याक्सीनको व्यस्था गरेको पाईदैन । कोरोना महामारी विकाराल रुप लिईरहेको अवस्था छ । जनताको लागि चाहिने अति आवश्यक पिसिआर टेष्ट, त्यस पछि सुविधा सम्पन्न आईसोलेशन र भ्याक्सीनको आवश्यकता पुर्ति गर्ने तर्फ कुनै स्थानिय तहको ध्यान गएको पाईदैन ।

स्थानिय तहले अषाढे बजेट सिध्याउन आफै १० देखि २० बेडको आईसोलेशन बनाउने गरेको पाईन्छ । तर आफै निमार्ण गरेको आईसोलोशनमा न त कुनै प्राविधिक नै छ न कुनै सुविधा । प्राय स्थानिय तहले निमार्ण गरेको आईसोलेशनमा एक जना पनि संक्रमित भेटन सक्ने अवस्था देखिदैन ।

स्थानिय तहको लगानिमा पिसिआर मेसिन जडान भएपनि, कुनै स्थानिय तहले यसलाई सञ्चालनमा जोड दिन नसकेकोले नै जिल्लाका संक्रमितहरु विरगज जाने गरेको पाईन्छ ।

जनशक्ति अभावले प्रभावकारी सेवा दिन नसककेकोले कन्सलटेन्ट जेनरल प्रास्टिसनर, मेडिकल अधिकृत, स्टाफनर्स, पारामेडिक्स, एनेस्थेसियाको जनशक्ति हेल्थ एसिस्टेन्ट स्विपरहरूको विज्ञापन गरेर संक्रमितहरुको सेवा दिन अगाढि बढेको मेडिकल सुपरिडेन्ट गौरव महतोले जनाकारी गराएका छन् ।

जिल्ला अस्पतालमा रहेको पिसआर मेसिनमा एक पल्टमा ९६ जनाको नमुना परिक्षणका गरिने गरि प्रदेशिक जनस्वास्थ्य प्रयोगशालाबाट ३ जना कर्मचारीहरुलाई पठाई सेवा सुचारु गरिएको प्रदेशिक जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा श्रवन कुमार मिश्रले जानकारी दिएका छन् । रिपोर्टको लागि ६ घण्टा समय लाग्ने गरेको उनले बताए ।

बारा जिल्लाको कलैया अस्पतालमा प्रदेश २ सरकारका समाजिक बिकास मन्त्री नवलकिशोर साहले बैशाख ६ गते पिसिआर ल्याव एवम एचडीयुको उदघाटन गरेका थिए ।

जिल्ला अस्पतालमा रहेको पिसआर मेसिनमा एक पल्टमा ९६ जनाको नमुना परिक्षणका गरिने र रिपोर्टको लागि ६ घण्टा समय लाग्ने गरेको छ ।

जिल्लामा ७ जना महिला र २७ जना पुरुष गरि ३३ जना संक्रमितहरुले ज्यान गुमाईसकेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक गौतम मिश्रले जानकारी गराएका छन् । बुधवार ३७ जना संक्रमितहरु निको भएर गएका छन भने एक सय २७ जना नया सक्रमितहरु थपिएको उनले बताए ।

वीरगञ्जमा उपचारको क्रममा बारा, रौतहट र सर्लाहीका ३ कोरोना सङ्क्रमितको मृत्यु

वीरगञ्जमा आइतबार कोरोनाभाइरस सङ्क्रमणका कारण ३ जनाले ज्यान गुमाएका छन् । यहाँस्थित नारायणी अस्पतालमा उपचार गराई रहेका बारा, रौतहट र सर्लाहीका १/१ जना गरी ३

बारा प्रहरीद्वारा लागूऔषध सहित दुईजना पक्राउ

बारामा प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौँ बस्ने २० वर्षीय शारुख अन्सारी र वडा

बारामा असार ६ गतेसम्म निषेधाज्ञा थपियो, ११ बजेसम्म पसल खोल्न पाइने

बारा जिल्लामा पनि प्रशासनले निषेधाज्ञालाई खुकुलो बनाउँदै थप्ने निर्णय गरेको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकले निषेधाज्ञालाई खुकुलो बनाउँदै लम्ब्याउने निर्णय

कोरोनाको उच्च जोखिममा निजगढ, अहिलेसम्म २५ जनाको मृत्यु

बाराको निजगढ नगरपालिका कोरोनाको उच्च जोखिममा रहेको पाईएको छ । निजगढमा गरिएको कोरोना परिक्षणमा ८० प्रतिशतमा कोरोना देखिए सँगै उच्च जोखिममा रहेको देखिएको हो ।