८२ लाख अवैध रकमसहित ४ हुण्डी कारोवारी पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साले ८२ लाख ५० हजार अवैध रकमसहित ४ जना हुण्डी कारोवारीलाई पक्राउ गरेको छ ।

सूचना परिचालन र प्रहरी कारवाहीको क्रममा अवैध हुण्डी कारोवार भइरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बुधवार दिउँसो १ बजे ४ जनालाई उक्त रकमसहित पक्राउ गरेको हो । आदर्शनगर पुरानो बसर्पामा हिँड्दै गरेका बाराको महागढीमाई नगरपालिका वडा नम्बर ४ निवासी १८ वर्षीय कलामुद्दिन अन्सारीले बोकेका झोलाबाट २५ लाख रकम प्रहरीले बरामद गरेको हो ।

त्यस्तै भारतको बिहार जिल्ला मोतिहारी पूर्वी चम्पारण थाना रक्सौल वडा नम्बर १८ स्थाई घर भई वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ आदर्शनगर पानीट्यांकीमा डेरा गरी बस्ने २७ वर्षीय विकास कुमारको कोठा खानतलासी गर्दा २ वटा कालो झोला र २ वटा हेल्मेटभित्र लुकाई राखिएको ५७ लाख ५० हजार रुपैँया फेला परेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले बताए ।

हुण्डी कारोवारमा संलग्न रहेका विकास कुमार, अन्सारीसहित रक्सौल वडा नम्बर ९ का २२ वषीय गुड्डु कुमार र भारत बिहार मोतिहारी १५ बस्ने १८ वर्षीय साहिल गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ना.८प. ४८९७ नम्बरको डिस्कभर मोटरसाइकलसहित नियन्त्रणमा लिइएक चारैजनालाई बैंक तथा वित्तीय संस्था सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अघि बढाइएको पर्साका प्रमुख प्रहरी उपरिक्षक बेलबहादुर पाण्डेले बताए ।

६५ किलो गाँजासहित वीरगञ्जमा एक जना पक्राउ

वीरगञ्जबाट प्रहरीले ६५ किलोग्राम लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुरको मनहरी गाउँपालिका- ६ नयाँबस्ती बस्ने ५१ वर्षीय रामकुमार मोक्तानलाई पक्राउ गरेको

५३ लाख ८० हजार अवैध रकमसहित २ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साले ५३ लाख ८० हजार अवैध रकमसहित २ जनालाई पक्राउ गरेको छ । सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा अवैध वित्तीय कारोवार

निषेधाज्ञामा पर्साभित्र चल्दै आएका १९ वटा भारतीय मोटरसाइकल प्रहरीको नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो संख्यामा भारतीय मोटरसाइकलहरुलाई नियन्त्रणमा लिएको छ। गत बैशाख १६ गतेदेखि जिल्लामा जारी भएको निषेधाज्ञालाई उल्लङ्घन गर्दै जिल्लाका विभिन्न स्थानहरुमा लुकिछिपी

वीरगन्जबाट बरामद भएको साढे २३ किलो सुनको मालिक नभेटिएपछि लिलामी प्रकृया सुरु

जिल्ला प्रहरी कार्यालय, पर्साले विशेष सर्च अप्रेसन गरेर वीरगन्ज महानगरपालिका वडा नम्बर ५ रेशमकोठीस्थित गणेश अपार्टमेन्टबाट बरामद गरेको साढे २३ किलो सुनोको मालिक नभेटिएपछि लिलामी