वेबसाईट बनाउन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस् ।

बारामा कोरोनाबाट ४ को मृत्यु, १२७ जना संक्रमित थपिए

बारामा पछिल्लो २४ घण्टामा कोरोनाबाट चार जनाको मृत्युु भएको छ । भने एक सय २७ जना संक्रमित थपिएका छन् ।

कोरोनाबाट प्रसौनी गांउपालिकाको एक जना पुरूष, जीतपुरसिमरा उपमहानगरपालिकाको एक जना पुरूष र कलैया उपमहानगरपालिकाको दुई जना पुरूषको कोरोनाबाट
मृत्यु भएको बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।

प्रसौनी गाँउपालिका २ अहिरवा टोलका ५७ वर्षीय पुरुषको वीरगंज स्थित नारायणी अस्पतालमा, जीतपुरसिमरा उपमहानगरपालिका ३ बजनीका ६८ वर्षीय पुरूषको नेशनल मेडिकल कलेजले बाबा होटलमा संचालन गरेको कोभिड अस्पतालमा, कलैया उपमहानगरपालिका २३ कोइरीया टोलका ५८ वर्षीय पुरुषको बयोधा अस्पताल वीरगन्जमा र कलैया उपमहानगरपालिका १९ का ७० वर्षीय पुरुषको नारायणी अस्पताल वीरगन्जमा मृत्यु भएको प्रवक्ता मिश्रले जानकारी दिनुभयो ।

बारामा दोश्रो चरणको कोरोना संक्रमणबाट ७ महिला र २८ पुरुष गरी ३५ जना, पहिलो चरणमा ७ महिला र २६ पुरुष गरि ३३ जना गरि ३८ जनाको मृत्यु भएको प्रवक्ता मिश्रले जानकारी दिनुभयो ।

बारामा पछिल्लो २४ घण्टामा ४२ महिला र ८५ जना पुरुष गरी एक सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता मिश्रले जानकारी दिनुभयो । बारामा छ जना प्रहरी कर्मचारी कोरोना संक्रमणमा रहेकोमा १ जना कोरोना संक्रमणमुक्त भएका छन भने ५ जना प्रहरी कर्मचारी अहिले पनि आइशोलेनशमा रहेको प्रवक्ता मिश्रले जानकारी दिनुभयो ।

बारामा अहिले दुई सय ४५ जना महिला र ६ सय ३९ पुरुष गरि आठ सय ८४ सक्रिय कोरोना संक्रमित रहेका छन । ४ महिला र १७ पुरुष गरी २१ जना आइसोलेसनमा, दुई सय ४१ महिला र ६ सय २२ पुरुष गरी आठ सय ६३ जना होम आइसोलेसनमा रहेको प्रवक्ता मिश्रले जानकारी दिनुभयो ।

१० महिला र २७ पुरुष गरि ३७ जना कोरानाबाट निको भएका छन् ।