वेबसाईट बनाउन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस् ।

शिक्षकविद्ध गुप्ताको ७२ वर्षको उमेरमा देहान्त

बाराको महागढिमाई नगरपालिका वडा नम्वर ३ गंजभवानीपुर निवासी कमल प्रसाद गुप्ताको देहान्त भएको छ । विरगजको प्रभु अस्पतालमा मगलवार बेलुका ७ बजेको समयमा गुप्ताको देहान्त भएको परिवारजनले जानकारी गराएका छन् ।

विगत केहि महिना देखि विमार हुदै आएका गुप्ताको ७२ वर्षको उमेरमा प्रभु अस्पतालमा अन्तिम सास लिएका थिए । उनि मृगौला र डाईबेटिजबाट पिडित थिए । उनको मृगौलाको डायलेसिस चल्दै थियो । उनको देहान्तले शिक्षामा ठुलो घाटा लागेको शिक्षा विद्धहरु बताउछन् । उनले विज्ञान विषयमा क्रान्ति नै ल्याएका थिए ।

मेडिकल काउन्सिलमा आवद्ध समेत रहेका मुन्ना जैयसवालभन्छन अप्रत्यासीलो घटनाले निशब्द भएको छु । आज पनि वाहाले दिएको शिक्षा सम्झिदा सँगै छु जस्तो लाग्छ । वहाकै देनहो कि आज यस मुकास सम्म पुगेको जैयसवाल बताउछन् ।

ईस १९५० सालमा जन्मेका गुप्ता सानै उमेर देखि लगनशिल तथा मेहिनेती स्वाभका थिए । विएस सि साईन्स सम्म उनले शिक्षा हासिल गरेका थिए । विस २०२८ साल देखि शिक्षा पेशामा अध्यापन गराईरहेको थिए । करिव ३० वर्ष सम्म शिक्षक पेशामा आफनो जिवन यापन गरेका थिए । श्री ३ चन्द्र मावि देखि ग्यालेक्सी पब्लीक बोडिङ्ग स्कुल लगायत विभिन्न विधालयमा अध्यापन गराएका थिए ।

शिक्षक गुप्ता जिल्लामा विज्ञान विषयमा अब्बल मानिने गरिएको थियो । वहाले दिएका शिक्षाबाट विधार्थीहरु देशका विभिन्न अहोदामा कार्यरत रहेका छन् । वहाको शिक्षा हासिल गरेकाहरु शिक्षक, डाक्टर, मेडिकल काउन्सिल, नेता, बैकर जस्ता पेशामा आवद्ध रहेका छन् । उनको चार जना छोरा र तीन छोरी रहेका छन् ।