वेबसाईट बनाउन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस् ।

बारामा मंगलबार ९३ जनामा कोरोना संक्रमण पुष्टि

बारामा मंगलवार मात्रै ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

जिल्लाको विभिन्न पालिकाहरुबाट गरिएको नमुना संकलन मध्ये कलैया अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ६१ जना र बिरगंजको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३२ जना गरी आज एकै दिन बारामा ९३ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवले बताए ।

कलैयामा संक्रमण पुष्टि भएका मध्ये ४२ जना पुरुष र १९ जना महिला रहेका छन् । यो संक्रमणको दर परिक्षणको ६४.८९ प्रतीशत हो । यो परीक्षणले संक्रमण समुदायमा फैलिएर भयावह हुँने अवस्था रहेको प्रमुख यादवको भनाई छ । संक्रमित मध्ये जीतपुरसिमरा उपमहानगरपालिकाका २० जना रहेका छन् ।

गत शुक्रवार २७ जना नयाँ र ३ जना संक्रमितको पुन : परीक्षणका लागि ३० जनाको नमुना संकलन गरिएकोमा जीतपुरसिमरा उपमहानगरपालिकाका कोभिड फोकल पर्सन जितन ठाकुर र एक जना पत्रकार सहिँत २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुँनेमा जीतपुरसिमरा उप महानगरपालिका वडा नम्बर १ का १ जना, वडा नं २ का ११ जना, वडा नम्बर ४ का २ जना, वडा नम्बर ७ का १ जना, वडा नं १५ का १ जना, वडा नम्वर १८ का २ जना, परवानीपुरका १ जना, दैलेख घरभइ जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयमा कार्यरत २ जना रहेका छन् ।