सरकारको ध्यान कोभिड–१९ रोकथाम र उपचारमा केन्द्रित छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको ध्यान अहिले कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण र संक्रमितको उपचारमा केन्द्रित भएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश अहिले कोरोना भाइरसको संक्रमणबाट आक्रान्त भएको भन्दै संक्रमणबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् भने उपचाररत सबै संक्रमितका लागि स्वास्थ्य लाभको कामना गरेका छन् ।

अहिले सबै मिलेर कोरोना महामारीको सामना गर्नुपर्ने भन्दै उनले सरकारले सकेसम्मको प्रयत्न जारी राखेको जानकारी पनि संसदलाई दिएका छन् । तर, यस्तो अवस्थामा सबै राजनीतिक शक्ति एक हुन नसकेकोप्रति ओलीले दुःख व्यक्त गरेका छन् ।

‘कारण जे सुकै होस् हामी जहाँ केन्द्रित हुनुपर्ने हो त्यहाँ हुन सकेन,’ प्रधानमन्त्री ओलीले भने । दलहरुले यस्तो बेलामा व्यवधान मात्रै खडा गरेको ओलीको भनाइ छ ।

वाइसीएलद्वारा असंवैधानिक कदमको विरोध

रमेश साह राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरिएको छ। नेकपा माओवादी केन्द्र भातृ संगठन वाइसीएल नेपालका कार्यकर्ताहरूले असंवैधानिक कदम विरोध

सर्वोच्चले माग्यो प्रधानमन्त्रीसँग लिखित जवाफ

सर्वोच्च अदालतले शपथसम्बन्धीको रिटमा राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीसँग लिखित जवाफ माग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको शपथ ग्रहरण सम्बन्धी परेका चारवटा रिटमाथि

संसदले दिएन विश्वासको मत, प्रधानमन्त्री ओली पदमुक्त

प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् । प्रस्तावको पक्षमा

प्रधानमन्त्री बिचौलियाहरुलाई सल्लाहकार राखेर देशमा आर्थिक अनियमितता, कालोबजारी, बिचौलियातन्त्र संस्थागत गर्न उद्धत रहेका छन्,– युवा संघ अध्यक्ष शाही

नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालले कोरोना भाइरसको महामारीका बीचमा मानवता बिरुद्धको अपराधमा संलग्न हुने अपराधी तथा उनका मतियारहरुलाई नांगेझार पार्ने चेतावनी दिएको