तराई अस्पताल वीरगञ्जमा उपचाररत १ जना कोरोना संक्रमितको मृत्यु

वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १० निवासी ६० वर्षीय बृद्धको वीरगञ्जस्थित तराई अस्पतालमा उपचारको क्रममा आइतवार मध्यान्ह १२ बजे मृत्यु भएको हो ।

बैशाख २२ गते गरिएको एन्टिजेन परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि सोही दिन अस्पताल भर्ना भएको पुरुषको आइतवार मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकिय अधिकृत बिनय कुमार श्रीवास्तवले जानकारी दिए