२६ सांसदसहित सचिवालयका १ सय ६० जनालाई कोरोना संक्रमित

संघीय संसद सचिवालयले २०५ जना सांसदसहित संघीय संसद्सँग सम्बन्धित १ हजार २३५ जनाको पीसीआर परीक्षण गरिएकोमा २६ सांसदसहित सचिवालयका १ सय ६० जनालाई कोरोना संक्रमण भएको छ ।

२०५ सांसदहरुको गरिएको पीसीआर परीक्षणमा भने १९ जनामा कोरोना संक्रमण भएको रिपोर्ट आएको संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए । १९ जना सांसदमध्ये एक जना राष्ट्रिय सभाका र बाँकी १८ जना प्रतिनिधिसभाका रहेका छन् । पहिल्यै पीसीआर परीक्षण गराएका थप ८ जना सांसदलाई पनि कोरोना संक्रमण भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिनु अगाडि संघीय संसद् सचिवालयले गराएको पीसीआर परीक्षण र सांसदहरूले व्यक्तिगत रूपमा गरेको परीक्षणबाट उक्त संख्यामा सांसद कोरोना संक्रमित पाइएको हो । प्रतिनिधिसभा अधिवेशन वैशाख २७ गते बोलाइएको छ । संघीय संसद् सचिवालयले वैशाख २२, २३ र २४ गते दुई सय पाँच जना सांसदको पीसीआर परीक्षण गरेको थियो ।

सचिवालयका अन्य व्यक्तिहरुमा कर्मचारी, मर्यादापालक, सांसदका स्वकीय सचिवहरू, सुरक्षाकर्मी, ससदीय बिटमा रिपोर्टिङ गर्ने पत्रकार र संसद् भवन नयाँ बानेश्वरका कर्मचारी रहेका छन् ।

प्रतिनिधिसभाका अझै ५४ सांसदको पीसीआर रिपोर्ट संसद् सचिवालयले प्राप्त गरिसकेको छैन । उनीहरूको पीसीआर परीक्षण भएपछि वा रिपोर्ट प्राप्त भएपछि कोरोना संक्रमित सांसदको यकिन संख्या थाहा हुने संसद् सचिवालयको भनाइ छ ।

कतिपय सांसद काठमाडौं उपत्यका बाहिर रहेको र उनीहरूलाई अनिवार्य रूपमा पीसीआर परिक्षण गरेर आउन सन्देश पठाइएको संसद्को स्वास्थ्य विभागका अधिकारीले बताएका छन् ।

पछिल्लो २४ घण्टामा २,२९७ जनामा संक्रमण पुष्टि हुँदा ३,३१० डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर २ हजार २९७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ५८३ जनाको पीसीआर

पछिल्लो २४ घण्टामा २४०१ मा कोरोना संक्रमण, ३६६० संक्रमणमुक्त, ३४ को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर ११ हजार ६९६ जनामा गरिएको परीक्षणमा २ हजार ४०१ जनामा कोरोना

२,७६८ जनामा संक्रमण पुष्टि हुँदा ४,०२० जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर २ हजार ७६८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ५६९ जनाको पीसीआर

२,९१८ जना संक्रमित थपिँदा ५,१४७ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर २ हजार ९१८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ४३७ जनाको पीसीआर