बिरगंजमा उपचाररत बारा जिल्लाका ३ जनाको मृत्यु

बिरगंजमा उपचाररत बारा जिल्लाका ३ जनाको मृत्यु भएको छ ।

बिरगंन्जको नेशनल मेडिकल कलेजको कोरोना अस्पतालमा उपचाररत बाराको महागढीमाइ नगरपालिका वडा नम्बर २ मैनीटोलका ५५ वर्षिय संक्रमित पुरुषको पनि शनिबार बिहान ११ बजे मृत्यु भएको छ ।

स्वास्थ्य प्रश्वासमा समस्या भएपछि बैशाख १९ गते मेडिकल कलेजको अस्पतालमा भर्ना गरिएका ती पुरुषको स्वाब संकलन गरि परिक्षण गर्दा बैशाख २० गते उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

यस्तै नारायणी अस्पतालमा उपचाररत बाराको विश्रामपुर गाँउपालिकाका ४५ वर्षिय संक्रमित पुरुषको पनि आज बिहान साढे १ बजे मृृत्यु भएको छ । बैशाख २१ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुष बैशाख २२ गते नारायणी अस्पतालमा भर्ना भएका थिए । उपचारका क्रममा उनको आज बिहान साढे १ बजे मृत्यु भएको डाक्टर दासले जानकारी दिनुभयो ।

त्यसैगरी नारायणी अस्पतालमै उपचाररत बारा जिल्लाकै जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ का ५५ वर्षिय संक्रमित पुरुषको शुक्रबारराति १० बजे मृत्यु भएको हो । बैशाख ३ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुष बैशाख ८ गते नारायणी अस्पतालमा भर्ना भएका थिए ।

पछिल्लो २४ घण्टामा २,२९७ जनामा संक्रमण पुष्टि हुँदा ३,३१० डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर २ हजार २९७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ५८३ जनाको पीसीआर

पछिल्लो २४ घण्टामा २४०१ मा कोरोना संक्रमण, ३६६० संक्रमणमुक्त, ३४ को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर ११ हजार ६९६ जनामा गरिएको परीक्षणमा २ हजार ४०१ जनामा कोरोना

२,७६८ जनामा संक्रमण पुष्टि हुँदा ४,०२० जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर २ हजार ७६८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ५६९ जनाको पीसीआर

२,९१८ जना संक्रमित थपिँदा ५,१४७ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर २ हजार ९१८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ४३७ जनाको पीसीआर