वेबसाईट बनाउन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस् ।

पर्सा जिल्लाका १०५ सहित १४५ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको परिक्षणमा थप १ सय ४५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दास अनुसार पर्सा, बारा, सर्लाहीलगायतका जिल्लाबाट आएका २ सय ८८ जनाको थ्रोट स्वाबलाई अस्पतालको प्रयोगशालामा आटी-पिसिआर प्रविधि मार्फत परिक्षण गर्दा ९ जना एन्टीजेनसहित १ सय ४५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमित हुनेमध्येमा ४५ जना महिलासहित पर्साका १ सय ५, बाराका २७, रौतहटका ८, सर्लाहीका ४ र महोत्तरीका १ जना रहेको डा. दासले जानकारी दिए ।

उनीहरु ९ वर्षदेखि ८५ वर्ष उमेर समूहसम्मको रहेका छन् भने सिटिभ्यालु १५. १ देखि ३५.७ सम्म रहेको डा. दासले बताए ।