वेबसाईट बनाउन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस् ।

बारा जिल्लामा थप ९१ जना कोरोना सन्क्रमित थपिए

बारामा कोरोना भाईरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ९१ जना संक्रमित थपिएका छन ।

पाँच सय २५ जनाको पीसीआर परिक्षण गर्दा ९१ जनामा कोरोना संक्रमणको पुष्टि भएको बाराका प्रहरी उपरीक्षक एवम् प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।

विभिन्न पालिकाको महिला २८ जना र ६३ जना पुरूष गरि ९१ जनामा कोरोनको संक्रमण पुष्टि भएको प्रवक्ता मिश्रले जानकारी दिनुभयो ।

एक सय १७ जना महिला र तीन सय ७४ जना गरि चार सय ९१ जना होम आइसुलेशनमा रहेका छन, भने तीन जना महिला र चार जना पुरूष कोरोना संक्रमणमुक्त भएका छन ।

कोरोना भाईरसको संक्रमणबाट अहिलेसम्ममा ४७ जनाको मृत्यु भएको प्रवक्ता मिश्रले जानकारी दिनुभयो । ११ जना महिला र ३६ जना पुरूषको अहिलेसम्म कोरोना भाईरसको संक्रमणबाट मृत्युु भएको प्रवक्ता मिश्रले जानकारी दिनुभयो ।