कोरोना संक्रमण बढेपछि ४८ जिल्लामा निषेधाज्ञा

कोरोना भाइरसको महामारी दिन प्रतिदिन बढ्दै गएको छ । संक्रमण र मृत्यु दर ह्वात्तै बढेपछि देशभर त्रास फैलिएको छ । संक्रमणको अवस्था हेरेर देशका ४८ जिल्लामा निषेधाज्ञा गरिएको छ ।

आजदेखि थप ६ जिल्लामा निषेधाज्ञा सुरु भएको छ । बाजुरामा बिहान ५ बजेदेखि र रोल्पामा बिहान ६ बजेदेखि निषेज्ञाज्ञा सुरु भएको हो ।

महोत्तरीमा बेलुकी ६ बजेदेखि निषेधाज्ञा लागू हुँदैछ । म्याग्दी, मुगु र तनहुँमा आज राति १२ बजेदेखि निषेधाज्ञा सुरु हुने गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका अनुसार सिराहा, बारा र बाग्लुङमा भोलि बिहानदेखि निषेधाज्ञा लागू हुनेछ । यो सँगै निषेधाज्ञा लागू गरिएका जिल्लाको संख्या ५१ पुग्नेछ । निषेधाज्ञा लगाउँदासमेत कोरोना भाइरसको सङक्रमण कम नभएका जिल्लामा थप कडाइ गरिएको छ । कैलालीमा ३० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ ।

यस्तै सुर्खेत, कास्की र पर्सामा ३१ गते राति १२ बजेसम्मका लागि थपिएको छ । बाँकेमा २७ गते राति १२ बजेसम्म निषेधाज्ञा हुने भएको छ । कोरोना भाइरसको सङक्रमण देशभर नै बढिरहेकोले निषेधाज्ञा अझै बढ्न सक्ने गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले काम नपरी बाहिर ननिस्कन आग्रह गरेको छ । अनावश्यक बाहिर निस्कने र निषेधाज्ञा उल्लंघन गर्नेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ ।

पछिल्लो २४ घण्टामा २४०१ मा कोरोना संक्रमण, ३६६० संक्रमणमुक्त, ३४ को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर ११ हजार ६९६ जनामा गरिएको परीक्षणमा २ हजार ४०१ जनामा कोरोना

२,७६८ जनामा संक्रमण पुष्टि हुँदा ४,०२० जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर २ हजार ७६८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ५६९ जनाको पीसीआर

निषेधाज्ञाको अवधिमा कर नतिर्नेलाई जरिवाना नगराउन सरकारलाई सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निषेधाज्ञाको अवधिमा कर नतिर्नेलाई जरिवाना नगराउन सरकारलाई आदेश दिएको छ । निषेधाज्ञा वा बन्दाबन्दी लागू भएको समयावधिसम्म मूल्य अभिवृद्धि कर विवरण र कर

२,९१८ जना संक्रमित थपिँदा ५,१४७ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर २ हजार ९१८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ४३७ जनाको पीसीआर