चट्याङ लागेर असईको मृत्यु

झापामा चट्याङले लागेर प्रहरी चौकी प्रमुखको मृत्यु भएको छ । भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकबध प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको चट्याङ लगेर मृत्यु भएको
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जानकारी दिएका छन् ।

थापाका अनुसार गएराति गस्तीमा हिँडिरहेका बेला चट्याङ लागेर ठाकुरको गम्भीर घाइते भएका थिए । उपचारका लागि भद्रपुरको ओमसाइ पाथिभरा अस्पताल पु¥याउँदा उनको मृत्यु भइसकेको थियो ।

किच्चकबध प्रहरी चौकी भारतसँगको सीमा नजिकै रहेको अस्थायी प्रहरी चौकी हो । ४७ वर्षीय ठाकुरसहितको प्रहरी टोली साइकल गस्तीमा निस्किएको थियो । हावाहुरी र वर्षासँगै परेको चट्याङले ठाकुरलाई लागेको थियो । गस्तीमा गएका अन्य प्रहरी भने सकुशल छन् ।