प्रचण्डलाई शहिदको श्राप लाग्छ – कान्ति देवी

गौर। रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकाकी उपप्रमुख कान्ति देवी महतोले आफ्नो पद खोस्ने प्रचण्डलाई शहिदको श्राप लाग्ने बताएकी छिन् ।

प्रचण्डले उपप्रमुख महतोलाई पदमुक्त गरेको पत्र निर्वाचन आयोगलाई लेखेपछी महतोले प्रतिक्रिया दिदै उनले प्रचण्डको पतन हुने बताइन् । प्रचण्डमा उन्माद बढेकोले शहिदको रगत र जनयुद्धमा आफुहरुको योगदान बिर्सेको उपप्रमुख महतोको आरोप छ । प्रचण्डले जनयुद्धमा मारिएकालाई शहिद घोषणा नगरेको, घाइतेको उपचारमा ध्यान नदिई अलपत्र पारेको, जनमुक्ति सेनाको पैसा खान पछि नपरेको प्रचण्डले जनताको मतबाट निर्वाचित आफुलाई पदबाट हटाउन खोज्नु एक महिलामाथिको निरंकुश कदम भएको उनको भनाइ छ ।

“म एक शहिद परिवार । मेरो श्रीमान श्याम महतो जनयुद्धको मैदानमा शहिद हुनुभएको थियो । मेरो परिवारले देशको बदलावमा क्रान्तिकारी योगदान पुर्याएको छ । मजस्ता हजारौंको बलमा आज प्रचण्ड नेता बनेको हो । तर म एउटा गरिब परिवारको सदस्य, मेरो छोरा छैन, कम्युनिष्ट आन्दोलनमा लागेर यहाँसम्म आउदा मेरो समाज र जनताले मलाई साथ दिदै आएको छ । जनताको मतबाट मैले चुनाव जितेको हो । अनि मलाई आज प्रचण्डले पदबाट हटाउदै छ, प्रचण्डलाई शहिदको श्राप लाग्छ ।” उपप्रमुख महतोले भनिन्, “म जस्तो एक शहिदको पत्नीको पद पनि प्रचण्डलाई नपचेको यो कस्तो बिडम्बना हो । मलाई मत दिने फतुवा विजयपुर नगरपालिकाको जनताको अपमान हो । अब प्रचण्डको पतन निश्चित छ ।”

“जनयुद्धका शहिदलाई शहिद घोषणा नगराउने, घाइतेको उपचार नगरी अलपत्र पार्ने, जनमुक्ति सेनाको पैसाले आफ्नो परिवार पाल्ने र अरुलाई सडकमा पुर्याउने यीनै प्रचण्ड हुन् । आज हामीलाई अन्याय गरेर आफ्नो असलि रुप देखाइरहेका छन् ।” उपप्रमुख महतोले थपिन्, “आफ्नो छोरीलाई चुनाव जिताउन कांग्रेस संग मिल्ने, आफू चुनाव जित्न एमाले संग मिल्ने प्रचण्ड चाहिं माओवादी हुने । तर हामी आफ्नो बलमा जनताको साथले चुनाव जित्दा माओवादी नहुने ? यो कस्तो बिडम्बना हो । प्रचण्डले यसको हिसाब बुझाउनुपर्छ ।”

उपप्रमुख कान्ति देवी महतो शहिद परिवार हुनुको साथै एक सशक्त स्थानीय महिला नेत्री पनि हुन् । रौतहटको फतुवा विजयपुर नगरपालिकामा उनले सानदार मतका साथ स्थानीय चुनाव जितेकी थिइन् । उनलाई पदमुक्त गर्ने कदम चालेपछि जनस्तरमा समेत नागरिक एवम् कार्यकर्ता आक्रोसित बनेका छन् ।

वीरगञ्जमा उपचारको क्रममा बारा, रौतहट र सर्लाहीका ३ कोरोना सङ्क्रमितको मृत्यु

वीरगञ्जमा आइतबार कोरोनाभाइरस सङ्क्रमणका कारण ३ जनाले ज्यान गुमाएका छन् । यहाँस्थित नारायणी अस्पतालमा उपचार गराई रहेका बारा, रौतहट र सर्लाहीका १/१ जना गरी ३

कोरोना संक्रमणबाट दुई वडा अध्यक्षको मृत्यु

कोरोना संक्रमणबाट रौतहटको गरुडा नगरपालिकाका दुईजना वडाध्यक्षको मृत्यु भएको छ । बिहीबार राति गरुडा नगरपालिका–२ गेडही गुठीका वडाध्यक्ष विष्णुदेव सहनीको मृत्यु भएको हो । उनको

कोरोना संक्रमणबाट वडा अध्यक्षको मृत्यु

कोरोना संक्रमणका कारण रौतहटको गरुडा नगरपालिकाका वडा नं.७ का अध्यक्षको मृत्यु भएको छ । ५५ वर्षिय वडा अध्यक्ष रामेश्वर राय यादवको उपचारको क्रममा मृत्यु भएको

नेपाल-प्रचण्डको अन्तरघात र अराजकताले देशमा अस्थिरता निम्त्यायो: प्रभु साह

नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् शहरी विकास मन्त्री प्रभु साहले माधव नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’को अन्तरघात र अराजकताले देशमा अस्थिरता निम्त्याएको बताएका छन् ।