पछिल्लो २४ घण्टामा थप ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा कोरोना भाइरस संक्रमितको संख्यामा उकालो लाग्ने क्रम उच्च रहेको छ । कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले गत बैशाख १६ गतेदेखि काठमाडौँ उपत्यका लगायत देशका अन्य सहरी जिल्लाहरुमा लकडाउन समेत लागू गरिएको छ। तर, लकडाउनले कोरोना संक्रमण घटाउनुको सट्टा बढ्दै गएको मन्त्रालयको आजको तथ्यांकमा देखिन्छ।

तर, कोरोनाको दोस्रो लहर सुरुभएपछि आज अहिलेसम्मकै धेरै संक्रमितको संख्या ७ हजार भन्दा माथि रहेको छ। नेपालमा कोरोना संक्रमितको संख्या पहिलोपटक यति धेरै भएको हो।

यसैबीच, आज पछिल्लो २४ घण्टामा थप ७ हजार २११ जनामा संक्रमण पुष्टि भएको छ । १६ हजार १४७ जनामा पीसीआर परीक्षण र ६२३ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ७१३७ र ७४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख ३६ हजार ०३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै, पछिल्लो २४ घण्टामा १६१२ जना संक्रमणमुक्त भइ डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा हालसम्म २ लाख ८३ हजार ९९४ जना डिस्चार्ज भएका छन् ।

आज कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २७ रहेको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ३ हजार ३२५ पुगेको छ ।

हिजो नेपालमा ५७६३ जना थपिँदा १९ जनाको मृत्यु भएको थियो।

पछिल्लो २४ घण्टामा २४०१ मा कोरोना संक्रमण, ३६६० संक्रमणमुक्त, ३४ को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर ११ हजार ६९६ जनामा गरिएको परीक्षणमा २ हजार ४०१ जनामा कोरोना

२,७६८ जनामा संक्रमण पुष्टि हुँदा ४,०२० जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर २ हजार ७६८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ५६९ जनाको पीसीआर

२,९१८ जना संक्रमित थपिँदा ५,१४७ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर २ हजार ९१८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ४३७ जनाको पीसीआर

पछिल्लो २४ घण्टामा २,४०७ जनामा संक्रमण पुष्टि, ३,९९४ जना डिस्चार्ज, ४६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर २ हजार ४०७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ५१७ पीसीआर परीक्षण