वेबसाईट बनाउन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस् ।

महागढिमाईमा आईसोलेसन पुन सुचारु गरिने

बाराको महागढिमाई नगरपालिकामा ईमरजेन्सी आईसोलेसन निर्माण कार्यको थालनि भएको छ । शनिवार नगरप्रमुखको उपेन्द्र यादवको पहलमा बैठक बसि नगरवासीको लागि तत्काल आईसोलेसन निर्माण गर्ने निर्णय गरेको हो ।

कोरोनाको दोश्रो भेरिन्यटले विश्व नै अक्रान्त बन्दै गएको नगरप्रमुख यादव बताउछन । महामारीसँग लडन पुर्व तयारी गर्नको लागि बोर्डको अकास्मिक बैठक गरि आईसोलेसन सुचारु गर्ने निर्णय भएको जानकारी गराएका छन् ।

नगरपालिकामा भएको एम्बुलेश नगरवासीको लागि निशुल्क उपलब्ध गराएको उनले बताए । यस्तो विषम परस्थितीमा सवैले मिलेर महामारीसँग लडन सुझाएका थिए । कोरोना भाईरससँग डराउनुको सटा सजग हुनुपर्ने समय आएको नगरप्रमुख यादवले बताए । समाजिक दुरी कायम गरि मास्क अनिवार्य लगाई अनावश्यक कामले घर बाहिर ननिस्कन नगरववासीसँग आग्रह समेत गरेका छन् ।

असाहय विपन्न जेष्ठ नागरिक एकल महिलाहरुको लागि निशुल्क चेकजाँच र औषधी वितरण गर्न बैठकमा निर्णय गरेको उपप्रमुख तारा देवि कानुले जानकारी गराईन । विदेशबाट आउने जो कोहि सेल्फ क्वारेन्टिनमा बसि आफु सुरक्षितको साथै घर परिवार टोल, छिमेकलाई स्वास्थ्य राख्नमा सहयोग गर्न सवैसँग अपिल गरेकि छिन ।

बैठकमा नगरप्रमुख उपेन्द्र प्रसाद यादव, उपप्रमुख तारा देवि कानु, वडाध्यक्ष सुदामा साह कानु, प्राविधिक, स्वास्थ्य प्रमुख, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।