भारतमा २४ घण्टामा थपिने नयाँ संक्रमितको संख्या ४ लाख नाघ्यो

भारतमा २४ घण्टाभित्र थपिने नयाँ कोरोना संक्रमितको संख्या ४ लाख पार भएको छ । शुक्रबार भारतमा रेकर्ड ४ लाख २ हजार ११० जना नयाँ संक्रमित थपिएको जोन हप्किन्स विश्वविद्यालयको कोभिड–१९ ट्रयाकरले जनाएको छ । यो विश्वका कुनै पनि देशमा एक दिनमा थपिएका बिरामीको संख्यामध्ये सर्वाधिक हो ।

यो संख्याले अहिलेसम्म सबैभन्दा धेरै संक्रमित भेटिएको देश अमेरिकालाई पनि मात गरेको छ । शुक्रबार अमेरिकामा ५९ हजार ९०६ संक्रमित देखिए । भारतमा थपिएका संक्रमितको संख्या अमेरिकामा थपिएका संक्रमितको संख्याभन्दा ७ गुणा बढी हो । शुक्रबार विश्वभर ८ लाख ७२ हजार नयाँ संक्रमित थपिएका छन् । यसरी हेर्दा पूरै विश्वमा थपिएका संक्रमितको झण्डै आधा संक्रमित भारतमा मात्र पाइएका छन् ।

अहिले विश्वमै सबैभन्दा धेरै दैनिक मृत्यु हुने देश पनि भारत बनेको छ । शुक्रबार भारतमा ३ हजार ५२२ जनाको मृत्यु भएको छ । यो पनि एक रेकर्ड हो । भारतमा सबैभन्दा धेरै मृत्यु महाराष्ट्रमा भएको छ । त्यहाँ ८२८ संक्रमितको मृत्यु भयो । भारतमा अहिलेसम्म १ करोड ९१ लाख ५७ हजार ९४ जना संक्रमित भएका छन् । २ लाख ११ हजार ८३५ जनाको मृत्यु भएको छ । १ करोड ५६ लाख ७३ हजार ३ जना निको भएका छन् भने अहिले सक्रिय संक्रमितको संख्या ३२ लाख ७२ हजार २५६ छ ।

पछिल्लो २४ घण्टामा २४०१ मा कोरोना संक्रमण, ३६६० संक्रमणमुक्त, ३४ को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर ११ हजार ६९६ जनामा गरिएको परीक्षणमा २ हजार ४०१ जनामा कोरोना

२,७६८ जनामा संक्रमण पुष्टि हुँदा ४,०२० जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर २ हजार ७६८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ५६९ जनाको पीसीआर

२,९१८ जना संक्रमित थपिँदा ५,१४७ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर २ हजार ९१८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ४३७ जनाको पीसीआर

पछिल्लो २४ घण्टामा २,४०७ जनामा संक्रमण पुष्टि, ३,९९४ जना डिस्चार्ज, ४६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर २ हजार ४०७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ५१७ पीसीआर परीक्षण