वरिष्ठ टीवी पत्रकार रोहित सरदानाको निधन

भारतीय टेलिभिजन पत्रकार रोहित सरदानाको निधन भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार कोरोना संक्रमणपछि उपचाररत पत्रकार सरदानको शुक्रबार निधन भएको हो । उनी ४२ वर्षका थिए ।

यसअघि अप्रिल २४ मा सरदानाले ट्वीटमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका थिए । एक हप्तअघि ज्वरो र बाँकी लक्षण देखिएपछि पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको उनले बताएका थिए । तर पहिलेभन्दा स्वास्थ्य अवस्थामा सुधार भएको पनि उनले बताएका थिए ।

हार्दिक श्रद्धान्जली