नारायणी अस्पतालमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

बीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्साको बीरगञ्जकी दुई महिला र बाराको जीतपुरसिमराका एक पुरुष रहेका छन् ।

गत मंगलबार भर्ना भएर उपचाररत बीरगञ्ज महानगरपालिका वडा नम्बर ३ निवासी ४७ वर्षकी महिलाको मृत्यु भएको हो भने बीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवा निवासी ४८ वर्षकी महिलाको पनि उपचारको क्रममा नारायणी अस्पतालमा मृत्यु भएको कोभिड संयोजक डाक्टर दासले बताए ।

यस्तै बाराको जीतपुर सिमरा उप महानगरपालिका वडा नम्बर २४ निवासी ७७ वर्षका वृद्धको पनि उपचारको क्रममा मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा २,२९७ जनामा संक्रमण पुष्टि हुँदा ३,३१० डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर २ हजार २९७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ५८३ जनाको पीसीआर

पछिल्लो २४ घण्टामा २४०१ मा कोरोना संक्रमण, ३६६० संक्रमणमुक्त, ३४ को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर ११ हजार ६९६ जनामा गरिएको परीक्षणमा २ हजार ४०१ जनामा कोरोना

२,७६८ जनामा संक्रमण पुष्टि हुँदा ४,०२० जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर २ हजार ७६८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ५६९ जनाको पीसीआर

२,९१८ जना संक्रमित थपिँदा ५,१४७ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर २ हजार ९१८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ४३७ जनाको पीसीआर