कालिकामाई गाउँपालिका अध्यक्ष कुशवाहको निधन

कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनीप्रसाद कुशवाहको आज बिहान निधन भएको छ ।पाँच दिनदेखि उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या जस्ता रोगबाट ग्रसित ८१ वर्षीय कुशवाहको बिहान २ बजे वीरगञ्ज –९ स्थित आफ्नै निवासमा निधन भएको हो ।

बढ्दो सङ्क्रमणका कारण घरमै उपचार गराइरहनुभएका कुशवाहलाई कोरोनाको लक्ष्य देखिए पनि पिसिआर टेष्ट नभएको परिवारिक स्रोतले जनाएको छ । कुशवाहको शव अन्तिम संस्कारका लागि कालिकामाई –२ भेडिहारीस्थित निवासमा बिहानै लगिएको उनका छोरा इन्दुभूषणले जानकारी दिए ।

चार दशकदेखि सक्रिय राजनीतिमा रहनुभएका कुशवाह सङ्घीय समाजवादी पार्टीबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । तीन छोरा र पाँच छोरीका पिता कुशवाह अत्यन्त मिलनसार तथा मृदभाषी हुनाका साथै जनताप्रति समर्पित भएको गाउँबासी बताउँछन् ।

औषधिजन्य लागुऔषधसहित पर्साबाट दुईजना पक्राउ

पर्साको वीरगञ्ज महानगरपालिका–१७ बाट प्रहरीले औषधीजन्य लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा पर्साका ३५ वर्षीय अमरुल्लाह अन्सारी र ४० वर्षीया

ट्रकको ठक्करबाट पर्सामा एक महिलाको मृत्यु

पर्साको चण्डालचौक स्थित बहुवरी चौक नजिकै ट्रकले ठक्कर दिँदा एक जना महिलाको मृत्यू भएको छ | मृत्यू हुँनेमा भारतको बिहार स्थित हाजमाटोला बस्ने अन्दाजी ३५

कोभिड विरुद्धको लडाईका लागि नारायणी अस्पताललाई ९ करोड ८० लाख

कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले चार अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँको

पर्सा जिल्लाका १०५ सहित १४५ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको परिक्षणमा थप १ सय ४५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दास