वेबसाईट बनाउन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस् ।

उपभोक्ताको उजुरीको आधारमा कलैयास्थित एक पसलमा छापा, २० हजार रुपैया जरिवाना

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले बाराको कलैयास्थित एक पसललाई कारवाही गरेको छ ।

उपभोक्ताको उजुरीको आधारमा कार्यालयका निमित्त प्रमुख जित बहादुर भण्डारीको नेतृत्वमा गएको टोलीले कलैयास्थित चौधरी किराना पसललाई २० हजार रुपैया जरिवाना गरेको छ ।

खरिद बिल माग्दा नदेखाएका कारण उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ खण्ड (घ) बमोजिम कसुर गरेकाले सोही ऐनको दफा ३९ खण्ड (क) बमोजिम जरिवाना गरिएको कार्यालयका सूचना अधिकारी दिलिप खंगखत्वेले जानकारी दिए ।

उनका अनुसार ७ दिनभित्र बैंकमा जरिवानाबापतको रकम जम्मा गरी कार्यालयमा भौचर पेश गर्न निर्देशन दिइएको छ ।

अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय बारा, जिल्ला प्रहरी कार्यालय बाराका प्रतिनिधिहरुको पनि उपस्थिती रहेको थियो ।

 

ताजा अपडेट
लोकप्रिय