पुर्व राजपरिवारको लागि बाराको गढिमाईमा पुजा अर्चना

पुर्व राजपरिवारको लागि बाराको गढिमाईमा पुजा अर्चना गरिएको छ । राजा सर्मथक बाराले गढिमाई मन्दिरमा विहिवार सु स्वास्थ्यको लागि पुजा अर्चना गरेका हुन ।

राजपरिवार भारतको भ्रमण सकाएर स्वदेश फर्के लगतै स्वास्थ्यमा समस्या देखेको थियो । निजको उपचारको क्रममा अस्पतालले कोरोना संक्रमित भएको घोषणा गरेको थियो । राजपरिवार संक्रमित भएसँगै राजा सर्मथकहरु निराश बनेका थिए ।

कोरोना संक्रमितबाट चाडै निको हुनको लागि राजा सर्मथकहरु पुजा,होम, आरति गरिरहेका छन् । वैदिक मन्त्र द्धारा गढिमाई मन्दिरको मुल पुजारी मंगल चौधरीले राजाको सुस्वास्थ्यको लागि माता गढिमाईमा पुजा गरेका थिए । करिव एक घण्टा सम्म चलेको विशेष पुजामा राजा सर्मथकहरु गढिमाईमा पुजा अर्चना, होम र आरती समेत गरेका थिए ।

पुर्व राजपरिवारको स्वास्थ्यको लाभ दिर्घायुको लागि विश्व प्रसिद्ध गढिमाई मन्दिरमा पुजा गर्न आएको राजा सर्मथक शिवजि शाहले बताए । वर्तमान राजनितिक परिवेशले गर्दा देश संकट परिस्थितीमा रहेको बेला जनताको हकहितको लागि रातदिन तयार रहने हाम्रो प्यारो अभिभावकलाई माताले चाडै निको गरुन भन्ने कामना गरेको शाह बताउछन । कोरोनालाई छिटै परास्त गरि पुन जनताको सेवामा फर्किने मातासँग कामना गरेको उनले बताए ।

वैशाख ५ गते भारत भ्रमण सकाएर नेपाल फर्केका पुर्व राजा ज्ञानेन्द्र विर विक्रम शाह र पुर्वरानी कोमल राज्य लक्ष्मी देवि शाह र छोरी प्रेरणा शाहमा कोरोना पोजेटिभ देखिएको थियो । कोरोना संक्रमित भएपछि निजहरुको उपतचार काठमान्डौको थापाथली स्थित नर्भिक अस्पतालमा भईरहेको छ ।

पुर्व राजा शाहको अवस्था अहिले समान्य हुदै गएको राजा सर्मथक ब्रिजकिशोर साहले जानकारी गराएका छन् । पुर्व रानीको श्वासप्रवासमा अलि समस्या देखिएकोले उनको उपचारको लागि आईसियुमा राखिएको सर्मथक साहले जानकारी गराए । पुर्व रानीमा अक्सिजनको कमि दखिएकोले उनलाई अक्सिजन प्रदान गरिरहेको उनले बताए । राजपरिवारको सिघ्र स्वास्थ्यको लागि विशेष पुजा गरिएको थियो ।

भारत भ्रमणमा रहेका बेला पुर्व राजा उत्तराखण्डस्थित हरिद्वारको महाकुम्भ मेलाम शाही स्नान गरेका थिए । दिल्लीमा विशिष्ट व्यक्तित्वसँग भेटघाट योग गुरु रामदेव बाबासँग योग बारे छलफल समेत गरेका थिए ।
शिवजि साह, अयोध्या प्रसाद साह, लगाययत राजा सर्मथकहरुको सहभागिता रहेको थियो ।