राजनितिक दबावमा अभियुक्त रिहा भएको पिडित परिवारको आरोप

हत्या गरेको आरोपमा पक्राउ परेकाहरु धरौटीमा रिहा भएपछि पिडित परिवारले पत्रकार सम्मेलन गरि कारवाहिको माग गरेका छन् । बाराको कलैया उपमहानगरपालिका वडा नम्वर ९ रामपुर स्थित दुई पक्षको झगडामा परि घाईते भएकी नेशा खातुनको उपचारको क्रममा कलैया अस्पतालमा मृत्यु भएको थियो ।

गत चैत्र २३ गते दाउरामा आगो लगाएको निहुँमा छिमेकीहरु एक आपसमा मृतक खातुनको घर अगाडि भैm झगडा गरि रहेको बेला उनलाई गम्भिर चोट लागेको र निजको कलैया अस्पतालमा उचारको क्रममा मृत्यु भएको उनका छोरा तहबर अंसारीले पत्रकार सम्मेलन गरि जानकारी गराएका छन् ।

राजनितिक दबावले दोषिलाई कारवाहि नगरी छाडिएको मृतकका छोरा अंसारीको आरोप रहेको छ । बिना कारण आमा गुमाउनु परेको पिडा सम्बन्धित निकायले नसुनिदिदा पत्रकार सम्मेलन गर्नु परेको रुदै उनका छोराले बताएका छन् ।

हत्या आरोपमा अनुसन्धानमा रहेकाहरुको ठोस प्रमाण नभेटेपछि २१ दिनको म्याद पछि अदालतमा बुझाईएको प्रहरी नायव उपरिक्षक गौतम मिश्रले बताएका छन् । अदालतले मृतकाको भिसेरा नआए सम्म दोषी प्रमाणित गर्न नसकिने भएकोले पक्राउ परेकाहरुलाई धरौटीमा छाडिएको प्रहरी नायव उपरिक्षक मिश्रले बताए ।

सबुत प्रमाण नभेटेपछि सुलतान अंसारी, गुलबानी खातुन र समीर अंसारी लाई २१ दिन पछि अदालतले धरौटीमा रिहा गरेका थिए । मृतकका छोराले मुलकी अपराध सहिता एन २०७४ को परिच्छेद १२ बमोजिम १७७ दफाको उपदफा (१) र (२) बमोजिम कार्यवाहीकको माग गरेका छन् ।