वेबसाईट बनाउन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस् ।

भ्वाईस अफ बाराको १६ वटा स्थानिय तहसँग अनुरोध

कोरोनाको नया भेरियन्ट तिव्र गतिमा फैलिरहेको बेला यसलाई रोकथाम गर्न भ्वाईस अफ बाराले अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यलयमा आईतवार गएर प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई अनुरोध पत्र दिएका छन् ।

बाराका सम्पूर्ण नगरपालिका तथा गाउँपालिकाहरुले विद्यालयको नियमित पठनपाठन र परिक्षाहरु अतिसिघ्र बन्द गराउनु पर्ने आवश्यक रहेको भ्वाईस अफ बाराका अमित गुप्ताले बताएका छन् । कोरोना महामारीको दोष्रो वेभबाट छिमेकी मुलुकहरु निकै नै भयावह स्थितीमा छन् । दोष्रो वेभ अति नै जटिल, घातक र तिब्र गतिमा फैलिदै गएकोले जिल्लासँग टासिएर रहेको नाकाहरु यथासिघ्र सिल गर्नु पर्ने गुप्ताले सुझाएका छन् ।

सम्बन्धित निकायको समयमै ध्यान गएन भने केहि दिनमै कोभिडको लागि हटस्पट हुने संभावना उच्छ रहेको देखिन्छ । विकसित देशहरुसँग सवै थोक भएर पनि कोरोनासँग लडन असर्मथ रहेको बेला समयमै सचेत हुन भ्वाईस अफ बाराले अनुरोध गरेको छ ।

तसर्थ सम्पूर्ण शिक्षक एवं अभिभावकहरुले हालको माहोललाई मध्यनजर गरि आ–आफ्नो छोराछोरीलाई घरमै राखी स्वअध्यन गराउन आवश्यक रहेको देखिन्छ । जिवन रहयो भने छोराछाोरीलाई पछि पनि डिग्री दिलाउन सकिने भ्वाईस अफ बाराले विश्वास राखेको छ । कोभिडको नयाँ भेरियन्ट विशेष गरि बालबच्चा र वृद्धहरुलाई संक्रमित बनाईएको पाईन्छ ।

जिल्लाको १६ वटै स्थानिय तहले भ्वाईस अफ बाराको अनुरोधलाई कार्यन्वयन गर्न तर्फ केन्दित हुनुपर्ने प्रमुख जिल्ला अधिकारीले सुझाएका छन् ।

ताजा अपडेट
लोकप्रिय