पर्सामा पाटेबाघ मृत फेला

र्साको रामबुद्ध सामुदायिक वन क्षेत्रमा एउटा पाटेबाघ मृत फेला परेको छ ।

ठोरी गाउँपालिका ३ स्थित रामनगर नजिकैको सामुदायिक वनमा वयस्क पाटे बाघ शनिबार राति मृत फेला परेको निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतले जानकारी दिए ।

सामुदायिक वनभित्र गाईवस्तु चराउन गएका स्थानीयले मृत बाघ देखेपछि मध्यवर्ती उपभोक्ता समितिका पदाधिकारीलाई खबर गरेका थिए ।