वेबसाईट बनाउन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस् ।

परवानीपुर गोल्ड कपःवीरगंज यूनाइटेड विजयी

परवानीपुरमा जारी त्रिशक्ति सिमेन्ट प्रथम गोल्डकपको आईतवार भएको दोस्रो खेलमा वीरगंज यूनाइटेड विजयी भएको छ ।जनकपुर युवा क्लब धुनषालाई ट्राईब्रेकरमा ५–४ ले पराजित गर्दै विजयी भएको हो ।

साझ ४ बजेदेखि शुरु भएको डेढ घण्टाको खेलमा गोलरहित बराबरी भएपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो । खेलको म्यान अफ दि म्याच वीरगंज यूनाइटेडका मिडफिल्डर आशिष चौधरी घोषित भएको प्रतियोगिता आयोजक समितिका अध्यक्ष सुबोधकुमार श्रीवास्तवले जानकारी दिए ।

सोमवारको खेल बेङ्गखाडी यूवा क्लब महोत्तरी र हेटौड फूटबल एकेडेमीको वीचमा हुने आयोजकले जनाएको छ ।चैत १८ सम्म चल्ने खेलमा ८ वटा टिमको सहभागिता रहेको छ ।