वेबसाईट बनाउन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस् ।

२४ घण्टामा २६१८ जना कोरोना संक्रमित थपिए , १४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप २६१८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८ हजार ६६८ नमुनाको पीसीआर टेष्ट गर्दा २४८६ जनामा र सीमा नाकाहरुमा ११४३ जनाको एन्टिजेन टेष्ट गर्दा १३३ जनामा संक्रमण पुष्टि भएको हो।

थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ । हाल १६ हजार ८२८ संक्रिय संक्रमित छन् ।

। एक हजार १४३ जनामा एन्टीजेन परीक्षण गरिएकोमा १३३ जनामा पोजिटिभ देखिएको हो । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३६८ जना कोरोनामुक्त भएका छन् । कोभिड संक्रमित तिब्र रुपमा थपिदै जाँदा निको हुने दर भने घटेको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १४ जना संक्रमितको मृत्यु भएको जनाएको छ । सोही अबधिमा १४ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ ।