बारामा माक्स नलगाउने २ सय ९३ जना प्रक्राँउ, २९ हजार ३ सय जरिवना

स्वास्थ्य मापडण्ड बिपरित माक्स प्रयोग नगरी हिडडुल गर्ने २ सय ९३ जनालाई बारा प्रहरी पक्राँउ गरी जरिवना गराएका छन् ।

जिल्ला स्तरिय कोभिड १९ नियन्त्रण ब्यवस्थापन समितिको मंगलवार बसेको बैठकले माक्स लगाई हिडडुल नगर्ने जो कोहीलाई पक्राँउ गरि रु १ सय जरिवना गर्ने निर्णयको अवज्ञा गर्नेहरुबाट रु २९ हजार ३ सय डण्ड जरिवना संकलन समेत गरिएको प्रहरी प्रवतmा गौतम मिश्रले जानकारी दिए ।

यो भन्दा अगाडी पनि सुचना मार्फत सर्व सधारणमा माक्ब्स लगाउन जानकारी गराउदा समेत जानी जानी अटेर गर्नेहरुलाई मात्र सो जरिवना गरिएको प्रवतmा मिश्रले भने । संसार भरी नया भेरियन्ट सहितको कोभिड १९ महामारीको दोस्रो चरणको लहर निकै नै कहरको रुपमा बढदै गएपछि सवधानी अपनाउनका लागि स्थानिय प्रशासनले कडाई गरिएको हो ।

बाहिरबाट जानकारी अभावमा माक्स प्रयोग नगरी कलैया आएका करिब २ हजार ९ सय ८७ जनालाई सम्झाई बुझाई गरि अर्को पल्ट यस्तो लापवाही गर्ने सर्तमा छोडिएको प्रहरी प्रवतmा मिश्रको भनाई रहेको छ ।

जिल्ला स्तरिय कोभिड १९ नियन्त्रण ब्यवस्थापन समितिको निर्णयलाई प्रभावकारी रुपमा लागु गर्नका लागि जिल्लाको हरेक ठाँउमा रहेको प्रहरी यूनिटहरुलाई जानकारी सहित निर्देशन गरि ब्याप्क रुपमा प्रहरी परिचालन गरिसकेको प्रहरी उपरिक्षक दिपेन्द्र शाहीले बताए । नागरिकको जीवको रक्षा गर्न र कोभिडको महामारीबाट जोगाउनका लागि प्रहरी यस्तो कदम चाल्नु परेको उपरिक्षक शाहीले भने ।

 

बारा प्रहरीद्वारा लागूऔषध सहित दुईजना पक्राउ

बारामा प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौँ बस्ने २० वर्षीय शारुख अन्सारी र वडा

लागू औषध गाजा सहित बारा प्रहरिद्वारा तिनजना पक्राउ

लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंजमा प्राप्त विशेष सूचनाको आधारमा आज दिउँसो लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंज र जिल्ला प्रहरी कार्यालय बाराबाट

कलैया उपमहानगरपालिका : नाबालकहरूको हत्यामा संलग्न एक जना पक्राउ

कलैया उपमहानगरपालिका वडा नम्बर ७ रंगपुर निवासी अब्दुल गफार अन्सारीको छोरा ७ वर्षीय उशमान अन्सारी र ९ वर्षीय अमान अन्सारीको हत्यारा लाई बारा प्रहरी ले

नेपाल खेलकुद महासंघद्वारा बारा प्रहरीलाई स्वास्थ्य समाग्री बितरण

नेपाल खेलकुद महासंघको केन्द्रिय कमिटीले शुक्रबार जिल्ला प्रहरी कार्यालय बारालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । महासंघको केन्द्रिय कार्यक्रम ‘कोभिड, नो भिड’ भन्ने मूल नाराका