बारामा महिलाको हत्या

बारामा एकजना महिलाको आफ्नै श्रीमानबाट हत्या भएको छ ।

जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकामा वडा नम्बर ३ स्थित छिमेकी बैंक टोलमा बस्ने ५० वर्षीय पार्वती कार्कीको हत्या भएको हो ।

कार्कीलाई उनकै श्रीमानले धारिलो बास्तु प्रहार गरेर हत्या गरेको प्रहरीको आशंका छ । हत्या गरेर श्रीमान् फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनको खोजी गरिरहेको छ ।

बुधबार राति पनि बाबुआमाबीच विवाद भएको र बिहान माथिल्लो तलामा हेर्न जाँदा आमा मृत अवस्थामा देखिएको उनीहरुले प्रहरीसमक्ष बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

‘श्रीमान श्रीमतीबीच लामो समयदेखि वादविवाद भइरहने रहेछ, घटनापछिसँगै रहेका श्रीमान् फरार छन्, उनको खोजी भइरहेको छ,’ उनले भने ।

घटनास्थल शव जाँच मुचुल्का लगायतकाआवश्यक अनुसन्धान प्रक्रिया शुरु भएको डीएसपी मिश्रले बताए ।

वीरगञ्जमा उपचारको क्रममा बारा, रौतहट र सर्लाहीका ३ कोरोना सङ्क्रमितको मृत्यु

वीरगञ्जमा आइतबार कोरोनाभाइरस सङ्क्रमणका कारण ३ जनाले ज्यान गुमाएका छन् । यहाँस्थित नारायणी अस्पतालमा उपचार गराई रहेका बारा, रौतहट र सर्लाहीका १/१ जना गरी ३

बारा प्रहरीद्वारा लागूऔषध सहित दुईजना पक्राउ

बारामा प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौँ बस्ने २० वर्षीय शारुख अन्सारी र वडा

बारामा असार ६ गतेसम्म निषेधाज्ञा थपियो, ११ बजेसम्म पसल खोल्न पाइने

बारा जिल्लामा पनि प्रशासनले निषेधाज्ञालाई खुकुलो बनाउँदै थप्ने निर्णय गरेको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकले निषेधाज्ञालाई खुकुलो बनाउँदै लम्ब्याउने निर्णय

लागू औषध गाजा सहित बारा प्रहरिद्वारा तिनजना पक्राउ

लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंजमा प्राप्त विशेष सूचनाको आधारमा आज दिउँसो लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंज र जिल्ला प्रहरी कार्यालय बाराबाट