वीरगञ्जमा कोरोना सङ्क्रमणबाट वृद्ध पुरुषको मृत्यु

पर्सामा फेरी एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

वीरगञ्जस्थित नारायणी वयोधा अस्पतालमा उपचाररत एकजना वृद्ध पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।

मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ निवासी ५७ वर्षीय वृद्ध रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए ।

वृद्धको मंगलबार (आज) बिहान १२ बजेर ४८ मिनटमा उपचार गर्दागर्दै मृत्यु भएको डा. दासले बताए ।

भारतबाट आएका उनि स्वास्थ्यमा समस्या देखिएपछि ०७७ चैत २८ गते नारायणी अस्पताल भर्ना भएका थिए ।

डा. दास अनुसार भर्न भएपश्चात वृद्धमा कोरोनाभाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनको थ्रोट स्वाबलाई आरटी-पिसिआर प्रविधिबाट परिक्षण गर्दा सोही दिन सङ्क्रमण पुष्टि भएको थियो ।

लामो समयदेखि मुटु सम्बन्धि रोगबाट पिडित उनको अस्पतालमा रहेको आइसियू वार्डमा अक्सिजन सपोर्टमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको डा. दासले बताए ।

पछिल्लो २४ घण्टामा २,२९७ जनामा संक्रमण पुष्टि हुँदा ३,३१० डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर २ हजार २९७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ५८३ जनाको पीसीआर

पछिल्लो २४ घण्टामा २४०१ मा कोरोना संक्रमण, ३६६० संक्रमणमुक्त, ३४ को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर ११ हजार ६९६ जनामा गरिएको परीक्षणमा २ हजार ४०१ जनामा कोरोना

२,७६८ जनामा संक्रमण पुष्टि हुँदा ४,०२० जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर २ हजार ७६८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ५६९ जनाको पीसीआर

६५ किलो गाँजासहित वीरगञ्जमा एक जना पक्राउ

वीरगञ्जबाट प्रहरीले ६५ किलोग्राम लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुरको मनहरी गाउँपालिका- ६ नयाँबस्ती बस्ने ५१ वर्षीय रामकुमार मोक्तानलाई पक्राउ गरेको