वेबसाईट बनाउन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस् ।

पूर्वराजा ज्ञानेन्द्र शाह स्वदेश फर्केपछि बारामा दिप प्रज्जवलन

पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणबाट फर्केपटि दिप प्रज्जवलन गरिएको छ । बाराको कलैया सदरमुकाम मुख्य चौकमा पुर्वराजा सर्मथकहरु शिवजि साह लगायतकाले दिप प्रज्जवलन गरि स्वागत गरेका थिए ।

झण्डै दुई साता भारतको विभिन्न ठाउमा भ्रमण गरि स्वदेश फर्केका पुर्वराजाको स्वागतमा दिप प्रज्जवलन गरिएको शिवजि साहले जानकारी गराएका छन् । उत्तराखण्डस्थित हरिद्वारको महाकुम्भ मेलामा आयोजक समितिका निरञ्जन पीठाधीश्वर आचार्य महामण्डलेश्वर स्वामी कैलाशानन्द गिरीले हिन्दू सम्राटको हैसियतमा सहभागि हुन निमन्त्रण पाएकोमा सोहि निमन्त्रणलाई स्विकार गरि पुर्वराजा साह भारत प्रस्थान गरेका सर्मथक साहले जानकारी गराए ।

चैत्र २६ गते भारत भ्रमणमा रहका पुर्वराजा साह भारतको विभिन्न ठाउमा विशिष्ट व्यक्तित्वहरुसँग, साधुसन्त तथा रामदेव बाबसँग भेटघाट तथा कुम्भ स्नान पुर्जा अर्चनामा भ्रमण विताएका थिए । विहिवार दिल्लामा कोरोनाको परिक्षण गरि रिपोर्ट सफल भइपछि आईतवार स्वदेश फर्केका थिए ।

दिपप्रज्जवल कार्यक्रममा पुर्वराजा सर्मथकहरु शिवजि साह, अयोध्या प्रसाद साह, असर्फी साह, यैलेन्द्र पुरेश ढकाल, रोसन मण्डल, उमेश ठाकुर लगायतको दर्जनौ राजावादि सर्मथकहरुको सहभागिता रहेको थियो ।