आईपीएलमा हैदरावादको लगातार तेस्रो हार

इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा साविक विजेता मुम्बई इण्डियनसले दोस्रो जित हाँसिल गर्दा हैदरावादले भने लगातार तेस्रो हार ब्याहोरेको छ।

शनिबार राति सम्पन्न खेलमा सनराईजर्स हैदरावादलाई १३ रनले पराजित गर्दै मुम्बईले दोस्रो जित हाँसिल गरेको हो।

१ सय ५१ रनको बिजयी लक्ष्यसहित मैदानमा उत्रिएको हैदरावादले १९ ओभर ४ बलमा अलआउट हुँदै मात्र १ सय ३७ रन मात्र बनाउन सक्यो ।

हैदरावादका लागि सर्वाधिक जोनी बेयार्स्टोले ४३, कप्तान डेभिड वार्नरले ३६ र विजय शंकरले २८ रन जोडे

हैदरावादलाई सस्तैमा समेट्न मुम्बईका ट्रेण्ड बोल्ट र राहुल चाहरले ३३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो ।

मुम्बईका लागि क्विन्टन डी ककले ४०, केइरन पोलार्डले ३५, कप्तान रोहित शर्मा ३२ र इशान किशनले १२ रन बनाए ।

हैदरावादका लागि विजय शंकर र मुजिब उर रहमानले २र२ विकेट लिए ।

जितसँगै मुम्बई लिगको शीर्ष स्थानमा उक्लिएको छ । हैदरावादको लगातार तेस्रो हारसँगै पुछारमा रहेको छ ।

कोरोनाको महामारी : आईपीएलको यो सिजन निलम्बन

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले इण्डियन प्रिमियर लिग (आईपीएल) २०२१ लाई निलम्बन गरेको छ । कोरोना भाइरस संक्रमण अत्यधिक मात्रामा बढेसँगै खेलाडी र टीमका

इण्डियन प्रिमियर लिग (आईपीएल) : हैदराबाद र चेन्नई विजयी

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत बुधवार राति भएका खेलमा सनराइज हैदराबाद र चेन्नई सुपर किंग्स विजयी भएका छन् । पहिलो खेलमा सनराइजर्स हैदराबादले पञ्जाब

कोलकता नाइटराइडर्समाथि मुम्बई इण्डियन्सको जित

पाँच पटकको च्याम्पिएन मुम्बई इण्डियन्सले स्कोरबोर्डमा १५२ रन मात्र बनाउन सकेको थियो, जब कोलकाता नाइट राइडर्स मुम्बई इन्डियन्सको इनिङमा कार्डको थुप्रोमा चुर्लुम्मै डुब्यो । इण्डियन