तत्काल विद्यालय बन्द हुदैँन : शिक्षा मन्त्रालय

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तत्काल विद्यालय बन्द नगरिने बताएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै शिक्षा मन्त्रालयले विद्यालय बन्द नगरि सिफ्टमा सञ्चालन गर्न सरोकारवालालाई आग्रह गरेको हो ।

मन्त्रालयले स्वास्थ्य मापदण्डका सबै उपाय अपनाएर विद्यालय चलाउन भनेको छ । धेरै विद्यार्थी भएको विद्यालयले विद्यार्थी बाँडेर सिफ्टमा विद्यालय चलाउन आग्रह गरेको छ भने सजगताका साथ विद्यालय सञ्चालन गर्न अपिल गरेको छ । त्यस्तै मन्त्रालयले विद्यालय बन्द गर्ने अधिकार समेत स्थानीय तहलाई दिएको छ ।