भारतमा एकैदिन दुई लाखमा कोरोना संक्रमण

भारतमा कोरोना भाइरसको संक्रमण डरलाग्दो स्थितिमा पुगेको छ । संक्रमितको संख्यामा बुधबार नयाँ रेकर्ड बनेको छ।

बुधबार भारतमा एकैदिन झन्डै २ लाख मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको छ। अहिलेसम्म विश्वमा एकैदिन दुई लाखभन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको मुलुक अमेरिकामात्र छ। अमेरिकामा गत जनवरी ८ मा एकैदिन ३ लाख ९ हजार मानिसमा कोरोना संक्रमण भएको थियो।

भारतमा एक लाख संक्रमित पुगेको १० दिनमै दैनिक संक्रमितको संख्या दोब्बर भएको हो। संक्रमण बढेसँगै भारतमा संक्रमितहरूले ज्यान गुमाउने क्रम पनि बढेको छ। १० दिनअघि कोरोनाबाट मृत्यु हुनेको संख्या दैनिक रूपमा ५ सयभन्दा कम थियो।

बुधबार १ हजार ३८ जना संक्रमितको मृत्यु भएको छ। दैनिक मृत्युको यो संख्या गत अक्टोबर २ पछि सबैभन्दा धेरै हो।

संक्रमण तीव्र रूपमा फैलिए पनि भारतका विभिन्न राज्यमा सरकारले प्रतिबन्धहरू लगाएका छैनन्। उत्तराखण्डको हरिद्वारमा कुम्भ मेला चलिरहेको छ। उक्त मेलामा सहभागीमध्ये अहिलेसम्म १२ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

उत्तराखंण्ड र उत्तर प्रदेशका मुख्यमन्त्रीहरूमा पनि अहिले कोरोना संक्रमण भएको छ।

पछिल्लो २४ घण्टामा २४०१ मा कोरोना संक्रमण, ३६६० संक्रमणमुक्त, ३४ को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर ११ हजार ६९६ जनामा गरिएको परीक्षणमा २ हजार ४०१ जनामा कोरोना

२,७६८ जनामा संक्रमण पुष्टि हुँदा ४,०२० जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर २ हजार ७६८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ५६९ जनाको पीसीआर

२,९१८ जना संक्रमित थपिँदा ५,१४७ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर २ हजार ९१८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ४३७ जनाको पीसीआर

पछिल्लो २४ घण्टामा २,४०७ जनामा संक्रमण पुष्टि, ३,९९४ जना डिस्चार्ज, ४६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर २ हजार ४०७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ५१७ पीसीआर परीक्षण