दक्षिण अफ्रिकाविरुद्धको सिरिजमा पाकिस्तान विजयी

तेस्रो टी ट्वान्टी क्रिकेटमा रवाफिलो जित निकालेसँगै पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्ध बुधबार राति भएको तेस्रो खेलमा पाकिस्तान विजयी भएको छ ।

जितसँगै चार खेलको सिरिजमा पाकिस्तानले २–१ को अग्रता लिएको छ । पाकिस्तानले दक्षिण अफ्रिकालाई ९ विकेटले हरायो ।

जितका लागि दक्षिण अफ्रिकाले दिएको २०३ रनको लक्ष्य पाकिस्तानले मात्रै १ विकेट गुमाएर १२ बल बाँकी छदै भेट्टायो । पाकिस्तानका लागि कप्तान बाबर अजामले १२२ रनको शतकीय पारी खेले । ५९ बलको सामना गरेका उनले १५ चौका र ४ छक्का प्रहार गरे ।

यस्तै मोहम्मद रिजवानले ७३ रन बनाए । त्यसअघि सेन्चुरियनमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०३ रन बनाएको थियो । उसका लागि एडेन मरक्रमले ६३ र जेन्नीमान मालनले ५५ रनको योगदान दिए ।

अब चौथो खेलमा जित निकाल्न सके पाकिस्तानले एकदिवसीयसँगै टी ट्वान्टी क्रिकेट सिरिज पनि हात पार्नेछ ।

पाकिस्तानमा रेल दुर्घटनामा ३० को मृत्यु

पाकिस्तानको सिन्ध प्रान्तमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ। आज बिहान भएको सो ५० जनाभन्दा बढी घाइते भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्

पाकिस्तानमा चिनियाँ राजदूत बसेको होटलमा बम बिस्फोट

पाकिस्तानको क्वेटा शहरस्थित चिनियाँ राजदूत बसेको होटलमा बम बिस्फोट हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । बम बिस्फोटमा परी ११ जना घाइते भएको पाकिस्तानी

पाकिस्तानमा बलात्कारीको लिङ्ग काट्ने कानुन बनाइँदै

पाकिस्तानले बलात्कारीलाई नपुंशक बनाउने कडा कानुन बनाउने भएको छ । नयाँ कानुनले यससम्बन्धी मुद्धामा शीघ्र सुनुवाइसँगै कडा सजायको व्यवस्था गरेको हो। नयाँ कानुनमा दोषी प्रमाणित