टिपर दुर्घटनामा दुईको मृत्यु

रसुवामा बुधबार राति टिपर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

रसुवाको कालीका गाउँपालिका २ स्याउबारीमा भएको दुर्घटनामा वडा नं १ राम्चेका २५ वर्षीय गाडी चालक सागर तामाङ र उनका दाजु २७ वर्षीय राजेन्द्र तामाङको मृत्यु भएको हो ।

राजेन्द्र स्थानीय ग्राङ प्राविमा प्रधानाध्यापक थिए । राति ११ बजे राम्चेबाट बेत्रावतीतर्फ जाने क्रममा वाग्मती प्रदेश ०१ ००६ ख १६८८ नम्बरको टिपर दुर्घटनामा परेको हो । दुवै जनाको रसुवा अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

टिपरमा सवार कालीका गाउँपालिका १ का वडाध्यक्ष मालफुर्पा तामाङ भने बाँच्न सफल भएको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले जानकारी दिए ।