वेबसाईट बनाउन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस् ।

जीतपुर सिमरा गोल्डकप ११ औ संस्करण

आर्मीको विजयी सुरुवात

बाराको सिमरा रङ्गशालामा भईरहेको ११ औ जीतपुरसिमरा गोल्डकपमा त्रिभुवन आर्मी फूटवल क्लब विजयी भएको छ ।
पहिलो चोटी फलडलाईटमा खेलाईएको खेलमा बुधवार आर्मी फूटवल क्लबले वीरगन्ज युनाईटेड क्लबलाई ४–१ ले पराजित गरेको हो । वीरगन्ज युनाईटेडलाई हराउदै आर्मीले क्वाटरफाईनलमा आफनो स्थान सुरक्षित बनाएको छ ।
आर्मीको जितमा जर्ज प्रिन्स कार्कीको दुई गोल तथा संतोष केसी र सुसान्त चौधरीको एक–एक गोल गरेका थिए ।
दुबै टिम बिच भएको रोमाञ्चक खेलको २४ औ मिनेटमा आर्मीका संतोष कार्कीले खेलको पहिलो गोल गरेका थिए । खेलको ४१ औ मिनेटमा आर्मीका जर्ज प्रिन्स कार्कीले व्यक्तिगत पहिलो गोल गर्दै टिमलाई २–० को अग्रता दिलाए ।
ईन्जुरीको समयमा आर्मीका सुसान्त चौधरीले थप एक गोल गरि आर्मीलाई ३–० को स्थितीमा पुर्याए । पहिलो हाफमा हाबि हुदै गएका आर्मीले दोश्रो हाममा कार्कीले पुन एक गोल गर्दै टिमलाई ४–० को अग्रता दिलाएका थिए । खेलको ६१ औ मिनेटमा विरगजका चतुर्धन चौधरीले एक गोल गदै आफनो टिमलाई सान्त्वना गोल गर्न सफल भएका थिए ।
खेलको म्यान अफ दि म्याच आर्मीका कार्कीलाई नगद पाँच हजार प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगीता अन्तर्गत विहिवार बेलुकी भरतपुर एफसी चितवन र वागमती युवा क्लब सुर्लाही बिच खेल हुने छ । प्रतियोगितामा १२ टिमको सहभागिता रहेको आयोजक नव जन जागृती युवा क्लबले जनाएको छ ।