वेबसाईट बनाउन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस् ।

गणपुरक संख्या नपुगेकाले विधालय व्यवस्थापन समिती स्थगित

बारामा विधालय व्यवस्थापन समिती गठनको लागि बोलाईएको भेला स्थगित गरिएको छ । अभिभावकहरुको गणपुरक संख्या नपुगेकोले विधालय व्यवस्थापन समिती स्थगित गरिएको हो ।

बाराको कलैया उपमहानगरपालिका वडा नम्वर २३ स्थित श्री नेपाल राष्ट्रिय आधारभुत विधालय पत्रहटी भौरा टोलको विधालय व्यवस्थापन समितीको भेलामा सोमवार अभिभावकको गणपुरक संख्या नपुगेकोले स्थगित गरिएको हो ।

विगत पाँच वर्ष देखि विधालयमा कार्यभार सम्भालेका विधालयको प्रधानाध्यापक चम्पत साहले विधालयको शिक्षामा नया क्रान्ती ल्याएको त्याहाको अभिभावकहरुको भनाई रहेको छ ।

प्रधानाध्यापक साह आउनु भन्दा पुर्व याहाको शिक्षाको अवस्था लथालिङ्ग रहेको अभिभावक रमेश यादवले जानकारी गराएका छन् । विगतामा विधालयमा राजनिति छोडी केहि नभएको उनको आरोप रहेको छ । वहा आए देखि शिक्षामा ठुलो परिवर्तन आएको यादवको बुझाई रहेको छ ।

अर्का अभिभावक रामबलि ठाकुरले राजनितिक भर्ति केन्द्र बनाउने चाहना राखेकाहरुले नै विधालय व्यवस्थापन समितीको बाधक बनेको आरोप लगाए । पहिलाको समितीले सराहनि कार्य गरेकोले सोहि कमिटिलाई निरन्तरता दिदा पनि हुने उनको बुझाई रहेको छ ।

विधालयमा तीन सय भन्दा बढि बालबालिकाहरु पढने गरेका छन् । प्रधानाध्यापक साह यहि वैशाख १६ गते अवकाश प्राप्त गर्ने भएकोले विधालयको बागडोर शिक्षा प्रेमी, समाजसेविको हातमा सुम्पिनु पर्ने उनको चाहना रहेको छ । भेला भएका अभिभावकहरुले वैशाख ३ गते भेला बोलाई विधालय व्यवस्थापन समिती गठन गर्ने निर्णय गरेको छ ।