पत्रकार महासंघमा विपुल पोखरेल प्यानल विजयी

नयाँ नेतृत्व चयनका लागि बुधबार सम्पन्न नेपाल पत्रकार महासंघको मतगणना सकिएको छ ।

मत परिणामअनुसार प्रेस युनियन, प्रेस संगठन सहितको लोकतान्त्रिक गठबन्धनबाट केन्द्रीय अध्यक्षका उम्मेदवार विपुल पोखरेल विजयी भएका छन् ।

अध्यक्षमा विजयी भएका पोखरेलको प्यानल नै विजयी भएको छ ।

यद्यपी मत परिणाम भने आउन बाँकी छ । शनिबार पत्रकार महासंघ परिसरमा भेला भएको पोखरेल प्यानलले मतान्तर निकै फराकिलो भएकाले जित निश्चित भएको भन्दै खुसीयाली मनाउँदै अविरजात्रा गरेको हो ।